आङसाङ सुकी भोलि नेपाल आउँदै


२९ जेठ ,
 मान्मारकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलन भाग लिन भोलि नेपाल आउँदै हुनुहुन्छ ।

सुकीलाई सरकारका तर्फबाट वन तथा भू संरक्षण मन्त्री महेश आचार्य र बिपी चिन्तन प्रतिष्ठानका तर्फबाट अध्यक्ष हरिबोल भट्टराइसहितको टोलीले विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ ।  सम्मेलनमा भाग लिन सुकीसहित सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउ पनि नेपाल आउँदै हुनुहुन्छ ।

सम्मेलनमा नेपालका तर्फबाट प्रा. डा. जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सुकीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नुहुनेछ ।

    उहाँले बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दरीजलस्थित विपी कोइराला सङ्ग्रहालयको पनि भ्रमण गर्नुहुनेछ ।

No comments for: "आङसाङ सुकी भोलि नेपाल आउँदै"


Leave a Reply

Join Our Facebook !!!

More Latest

  • ‘खुश्बुले हामीलाई घर को न घाटको बनाई’- अर्पणका बाबुआमा

    ४ भदौ , दिनेश अधिकारी ‘चरी’का प्रेमिका खुश्वु ओलीका पुर्व प्रेमि हुन अर्पण कोइराला । पैसाकै कारण अर्पणसँग सम्बन्ध विग्रेको खुश्वुले ...

  • बार्सिलोनाको जितमा नेमारको दुई गोल

    ४ भदौ ,  ढाडको चोटबाट मुक्त भएर खेलमा फर्कदै नेमारले दुई गोल गरेपछि स्पेनिस क्लब बार्सिलोनाले सोमबार राति भएको मैत्रीपुर्ण खेलमा ...

  • मध्यपश्चिममा सङ्क्रमणको जोखिम

     ४ भदौ , हालै मध्यपश्चिम क्षेत्रको बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लामा आएको बाढी तथा डुबानका कारण मानिसमा सङ्क्रमण रोगको जोखिम ब...

  • पेटको बोसो यसरी घटाउनुहोस

    नमोटाउन्जेल मोटाउने रहर हुन्छ र दुब्लाएको पिरलो । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुँडी विस्तारै घाँडो बन्दै जान्छ । वास्तवमा ...