४ भदौ ,
दिनेश अधिकारी ‘चरी’का प्रेमिका खुश्वु ओलीका पुर्व प्रेमि हुन अर्पण कोइराला । पैसाकै कारण अर्पणसँग सम्बन्ध विग्रेको खुश्वुले बताइसकेकी छन् । तर अपर्णका बाबुरआमा अच्युतराज कोइराला र चम्पा कोइरालाले खुश्वुकै कारण आफूहरु घरको घाटको भएको बताएका छन् ।
खुश्वु अर्पणसँग मिलेको अवस्थामा फर्पिङको घर राजधानी फाइनान्समा धितो राखेको अर्पणका बाबु अच्युतराज कोइरालाले बताएका छन् । ‘अर्पण र खश्वु एक्कासी आएर ५ लाख, १० लाख चाहियो भन्थे, अर्पणको ममी राष्ट्र बैंकको डिजिएम थिइन,’ उनले भनेपछि राजधानी फाइनान्सले फ्याट्दै ऋण दिन्थे’ कोइरालाले भने ‘अहिले त्यो घर लिलामीको अवस्थामा पुगेको छ ।’
कोइराला थप्छन् ‘उनीहरु दुबै जनाको सल्लाहले विजुलीबजारको हाम्रो घर बेचेर बालकोट लगे । बालकोटको घर पनि बेच्ने कुरा गरे । हामीले रोक्न खोज्यौं मानेनन् नारायणस्थानमा अर्को घर छ बस्नुपर्छ भनेर आए । हामी नारायणस्थानमा ढुक्कसँग बसिरहेका थियौं लालपुर्जा लिइसकेको होला भनेको त डेरामा बस्ने पो कुरा गर्न थाले । नारायणस्थान आएपछि उनीहरुबीच फाटो आउन थालेछ । अहिले हामी घरको न घाटको अवस्थामा छौं । (नयाँ पत्रिका)
No comments for: "‘खुश्बुले हामीलाई घर को न घाटको बनाई’- अर्पणका बाबुआमा"
Leave a Reply