२९ जेठ ,
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले नागरिकलाई छिटो छरितो र सुलभ सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
आज तुलसीपुरमा गरिएको स्वागत कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुलाई सम्बोधन गर्दै उहाँले कानुन हातमा लिएर कानुनविपरीत काम गर्ने जुनसुकै पार्टीका कार्यकर्ता वा अन्य जो कोही भएपनि पनि नछाडी कानुनी दायरामा ल्याएर कारबाही गर्न निर्देशन दिनुभयो ।

जिल्लाको शान्ति सुरक्षाको अवस्था चुस्त राख्ने र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने सरकारी अभियानको सिलसिलामा उहाँले यहाँका सुरक्षा प्रमुखलाई यस्तो निर्देशन दिनुभएको हो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी दिनेश भट्टाराईले जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणलगायतका बारेमा जानकारी गराउनुभएको थियो । आजै प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनुभएका मन्त्री गौतमले जुनकुनै हालतमा पनि केपी ओली पार्टीको नवौँ महाधिवेशनबाट पार्टीको अध्यक्ष हुने दाबी गर्नुभयो ।

वरिष्ठ नेता ओलीलाई सकभर सहमतिबाटै अध्यक्ष बनाइने र सहमति नभए निर्वाचनबाट भएपनि अध्यक्षमा निर्वाचित गर्ने उहाँले बताउनुभयो ।
No comments for: "गृहमन्त्रीद्वारा कार्यालय प्रमुखलाई निर्देशन "
Leave a Reply