मध्यपश्चिममा सङ्क्रमणको जोखिम



 ४ भदौ ,
हालै मध्यपश्चिम क्षेत्रको बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लामा आएको बाढी तथा डुबानका कारण मानिसमा सङ्क्रमण रोगको जोखिम बढेको छ ।

बाढी तथा डुबान प्रभावित मानिसलाई आउन सक्ने सङक्रमण रोगबाट जोगाउन जिल्ला दैवी प्रकोपअन्तर्गत गठित स्वास्थ्य उपसमितिलाई ती जिल्लामा परिचालन गरिसकिएको जनाइएको छ ।

खाल्डामा जमेको पानी, दूषित पिउने पानी तथा खाना र असुरक्षित आवासका कारण बाढी पीडितलाई संक्रमण हुन सक्नेतर्पm स्वास्थ्य सतर्कता अपनाउन पनि समितिले आग्रह गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपर्सन रामबहादुर चन्दका अनुसार बाँके जिल्लाको होलिया, बेतहनी गाँउका मानिसमा अहिले झाडापखाला, भाइरल ज्वरोको संक्रमण देखा परेको छ ।

No comments for: "मध्यपश्चिममा सङ्क्रमणको जोखिम"


Leave a Reply

Join Our Facebook !!!

More Latest