माघ ७ गते लोकतान्त्रिक संविधान जारी हुने –सञ्चार मन्त्री डा रिजाल



 २ भदौ,
सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आगामी माघ ७ गते नेपाली जनताले सङ्घीय लोकतान्त्रिक नयाँ संविधान पाउने दाबी गर्नु भएको छ ।   विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री रिजालले संविधान लेखन कार्य तालिका अन्तिम चरणमा पुगेकाले समयमै संविधान जारी हुने बताउनुभयो ।

    नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले प्रधानमन्त्रीले भदौ महिनाभित्र शासकीय स्वरुप र सङ्घीयतालगायतका विवादित विषयमा टुङ्गो लगाउन दलहरूबीच वार्ता एवम् छलफल सुरु गरिसक्नु भएको जानकारी दिनुभयो ।  प्रधानमन्त्रीले समयमै संविधान जारी गर्न विवादित विषयमा सहमति कायम नभएमा हस्तक्षेपकारी भूमिका समेत निर्वाह गर्न सक्नु हुनेछ मन्त्री डा रिजालले भन्नुभयो ।

    संविधानको मस्यौदा अन्तिम चरणमा पुगेकाले नयाँ बन्ने संविधानमा सबैको स्वामित्व कसरी कायम गर्न सकिन्छ भनेर आजदेखि प्रधानमन्त्रीले संविधानसभाभित्र र बाहिर रहेका दलहरूसँग छलफल सुरु गर्न लाग्नुभएको जानकारीसमेत उहाँले दिनुभयो ।  मन्त्री डा रिजालले नेपाली काँग्रेस तथा एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयन गर्न काँग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै सम्झौतामा केही त्रुटि भएमा त्यसलाई सच्चाएर अगाडि बढ्न सकिने धारणासमेत व्यक्त गर्नुभयो ।

    मन्त्री रिजाल विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको १०आँै वार्षिकोत्सव समारोहमा सहभागी हुन आज विराटनगर आउनुभएको हो ।

No comments for: "माघ ७ गते लोकतान्त्रिक संविधान जारी हुने –सञ्चार मन्त्री डा रिजाल"


Leave a Reply

Join Our Facebook !!!

More Latest

  • ‘खुश्बुले हामीलाई घर को न घाटको बनाई’- अर्पणका बाबुआमा

    ४ भदौ , दिनेश अधिकारी ‘चरी’का प्रेमिका खुश्वु ओलीका पुर्व प्रेमि हुन अर्पण कोइराला । पैसाकै कारण अर्पणसँग सम्बन्ध विग्रेको खुश्वुले ...

  • बार्सिलोनाको जितमा नेमारको दुई गोल

    ४ भदौ ,  ढाडको चोटबाट मुक्त भएर खेलमा फर्कदै नेमारले दुई गोल गरेपछि स्पेनिस क्लब बार्सिलोनाले सोमबार राति भएको मैत्रीपुर्ण खेलमा ...

  • मध्यपश्चिममा सङ्क्रमणको जोखिम

     ४ भदौ , हालै मध्यपश्चिम क्षेत्रको बाँके, बर्दिया, सुर्खेत र दाङ जिल्लामा आएको बाढी तथा डुबानका कारण मानिसमा सङ्क्रमण रोगको जोखिम ब...

  • पेटको बोसो यसरी घटाउनुहोस

    नमोटाउन्जेल मोटाउने रहर हुन्छ र दुब्लाएको पिरलो । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुँडी विस्तारै घाँडो बन्दै जान्छ । वास्तवमा ...