३ भदौ ,
शिक्षक सेवा आयोगबाट शिक्षण अनुमतिपत्र लिनेको सङ्ख्या करिब साँढे छ लाख पुगेको छ । आयोगले गत मङ्सिर २७ र २८ गते लिएको अनुमतिपत्रको परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेपछि अनुमतिपत्र पाउनेको सङ्ख्यामा बढेको हो ।
आयोगका प्रवक्ता नारायण भट्टराईले गत मङ्सिरमा लिइएको अध्यापन अनुमतिपत्रको नतिजा आज सार्वजनिक गरिएको र यसमा ४० प्रतिशत अर्थात् ४५ हजार ६४१ परीक्षार्थी उत्तीर्ण भएको बताउनुभयो ।
उत्तीर्ण हुनेमा माध्यामिक तहमा १२ हजार छ जना र निम्न माध्यामिक तहमा ३३ हजार ६३५ जना छन् । माविमा १८ हजार ६०६ जना र निमाविमा ९५ हजार २९४ जनाले परीक्षा दिएका थिए ।
आयोगले पछिल्लो समयमा १३ हजार ५९ शिक्षकको खुल्ला विज्ञापनबाट पदपूर्ति गरेको थियो । अब नयाँ विज्ञापनका लागि देशमा कति शिक्षक रिक्त छन् भनेर आयोगले जिल्ला शिक्षा कार्यालयबाट विवरण माग गरिरहेको छ ।

No comments for: "शिक्षण अनुमतिपत्र लिने साढे छ लाख "
Leave a Reply