३ भदौ ,
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितिमा संविधान जारी गर्न नदिने बताउनुभएको छ । संविधानसभा बाहिर रहेका दललाई नसमेटेसम्म संविधान जारी हुन नसक्ने उल्लेख गर्दै उहाँले आफूहरूलाई बाहिर राखेर संविधान जारी गर्न खोजे सङ्घर्षमा जाने बताउनुभयो । अध्यक्ष वैद्यले भन्नुभयो, “अबको निकास भनेको सङ्घर्ष नै हो ।”
क्रान्तिकारी पत्रकार महासङ्घ चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष वैद्यले सरकारले आफूहरूसँग गरेका सम्झैता कार्यान्वयन नगरेको भन्दै सङ्घर्षको विकल्प नरहेको जिकिर गर्नुभयो ।
राष्ट्रिय सहमतिबिना कुनै पनि काम गर्न नहुने भन्दै उहाँले यसका लागि सरकार र अन्य राजनीतिक दलहरू लचिलो बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

No comments for: "यथास्थितिमा संविधान जारी गर्न दिँदैैैनौ–अध्यक्ष वैद्य"
Leave a Reply