३ भदौ,
जिल्लाको सदरमुकाम मार्तडीसँग पूर्वीत्तर ११ गाविसको सम्बन्धविच्छेद भएको छ । साउन २८ गते राति परेको अविरल वर्षाका कारण मार्तडी–४ र ५ मा आएको बाढीका कारण सदरमुकाम जोड्ने बाउँली खोलाको पुलमा दुवै तिरको पर्खाल बगाएपछि क्षत विक्षत भएको सम्बन्ध अहिलेसम्म विस्तार हुन सकेको छैन ।
जिल्ला दैवीप्रकोप उद्धार समितिले दिएको जानकारीअनुसार बाढीका कारण १० घर छाना, १७ पानी घट्ट, ५० परिवारको १२० रोपनी खेत र १२५ मिटर सडक बगाएको थियो । जिल्लाभर तीन दिनसम्म नियमित परेको अविरल वर्षाका कारण बाटोघाटोसमेत पूर्ण रुपमा क्षति भएको छ ।
गत शनिबार रातिदेखि परेको पानीका कारण सदरमुकाममा भएको त्रिवेणी साना जल विद्युत्को पावर हाउस र मुहानमा पूर्ण रुपमा क्षति भएका कारण सरकारी कामकाज समेतमा समस्या आएको छ । जिल्लामा भएका दुई सामुदायिक रेडियो र चारवटा पत्रिका पूर्ण रुपमा बन्द भएकाले जनतालाई सूचना पाउनबाट समेत वञ्चित भएको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष मदन जोशीले जानकारी दिनुभयो ।
अकस्मात आएको पानीका कारण घर बगाएकाले बस्नसमेत समस्या भएको मार्तडी–४ का धनबहादुर रावले बताउनुभयो । उहाँले भन्नुभयो–“रोपिसकेको खेतीसमेत बगाइसक्यो, भएको घर पनि बगायो यो ठूलो समस्या भएको छ हजुर सरकारले पनि हामीलाई हेरेन कसको भर मान्नु ।”
जिल्लाको सदरमुकामसँग जोडिएको मुख्य एकमात्र पुलमा क्षति भएका कारण त्यस क्षेत्रका कोल्टी, पाण्डुसैन, कोटिला, बिच्छ्याँलगायतका ११ गाविसमा जाने दैनिक आवतजावत र सेवाग्राहीलाई मारमा परेको प्रमुख जिल्ला अधिकारी धु्रवराज जोशीले बताउनुभयो ।
अहिले मार्तडीको विद्युत् बनाउनका लागि दैनिक नेकापाली सेना ६०, नेपाल प्रहरीका ३०, प्रत्येक कार्यालयका कर्मचारी हरेक दिन पाँच र स्थानीयवासी एक घरबाट एकजना खटिने गरेका छन् तर पनि १५ दिनयता विद्युत् बन्ने अवस्था नभएको त्रिवेणी साना जलविद्युत् योजनाका व्यवस्थापक दयाराम पण्डितले जानकारी दिनुभयो ।

No comments for: "एघार गाविसको सदरमुकामसँग सम्बन्धविच्छेद"
Leave a Reply