३ भदौ ,
भारतीय प्रसारण लाइनमा खराबी आएपछि जिल्लामा गत मङ्गलबारदेखि बिजुली अवरुद्ध भएको छ । बयालीस गाविस र एक नगरपालिकाका गरी ४० हजार परिवार सेवाबाट वञ्चित भएका छन् । मुजफरपुर पावर स्टेसन र आसपासको प्रसारण लाइनमा खराबी आएकाले एक हप्तादेखि सेवा अवरुद्ध भएको विद्युत् प्राधिकरण जलेश्वर शाखाले जनाएको छ ।
प्राधिकरणका अनुसार मटिहानी, जलेश्वर, बलवा, मनरा र जनकपुर फिडर गरी महोत्तरीका ३९ गाविस र धनुषाको तुल्सीयाही जब्दी, तुल्सीयाही निकास गरी तीन गाविससहित ४२ गाविसमा विद्युत् सेवा वन्द भएपछि ती गाउँमा सञ्चालनमा रहेको साना उद्योग ठप्प भएको छ भने सञ्चार सेवासमेत प्रभावित हुन पुगेको छ ।
विद्युत् कटौती गर्नु अगाडि कुनै अर्को वैकल्पिक व्यवस्था नगरेको कारण यहाँका स्थानीय आक्रोशित भएका छन् । हाल तीन दिनदेखि प्राधिकरणले सदरमुकाम जलेश्वरमा दैनिक दुई घण्टा र अन्य गाविसमा एक घण्टा नेपालबाट विद्युत् आपूर्ति गर्ने गरेका छन् ।
शाखा प्रमुख जितेन्द्र झाका अनुसार भारतको मुजफरपुर क्षेत्रमा भारी वर्षा र बाढीका कारण मर्मतमा कठिनाइ भएकाले कहिलेदेखि सेवा सञ्चालन हुने अन्योल छ । भारतको भिठामोडदेखि डुमरासम्म बाढीको पानी प्रवेश गरेका कारण मर्मतसम्भार गर्न कठिनाइ भएको छ । नेपालको पाँच किलोमिटर र भारतीय क्षेत्रको ३५ किलोमिटर क्षेत्रको विद्युत् तार फेर्नुपर्ने रहेको प्रमुख झाले बताउनुभयो ।
उहाँका अनुसार सो तार फेर्न र मर्मतसम्भार गर्न रु ४० लाख लाग्ने छ । तर बजेट अभावका कारण पूर्ण रुपमा मर्मतसम्भार गर्न नसकेको कारण सामान्य वर्षा र हावाहुरी आएमा यस क्षेत्रका जनता विद्युत् सेवाबाट वञ्चित हुने गरिएको छ । भारतको विहार राज्यको सीतामढी जिल्लाको डुमरा सबस्टेसनबाट महोत्तरीका लागि सात मेगावाट विद्युत् आपूर्ति हँुदै आएको छ ।

No comments for: "हप्ता दिनदेखि बिजुली अवरुद्ध"
Leave a Reply