लुटपाट र यौन दुव्र्यवहारको आरोपमा ३० जना प्रहरी नियन्त्रणमा


 ३ भदौ ,
 रथयात्राको समयमा लुटपाट र यौन दुव्र्यवहारमा संलग्न भएको आरोपमा प्रहरीले ३० जनालाई नियन्त्रणमा लिएको छ ।  सोमबार विराटनगरमा सम्पन्न राधाकृष्ण रथयात्राका क्रममा लुटपाट र दुव्र्यवारमा संलग्न भएको आरोपमा ३० जना शङकास्पद व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएकाहरूलाई आज आवश्यक अनुसन्धान गरी अपराधको गाम्भीर्यता हेरेर कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो ।

हरेक वर्ष ऐतिहासिक रुपमा विराटनगरमा सम्पन्न हुँदै आएको रथयात्रामा सोमबार हजाराँै भक्तजन सहभागी थिए ।  यसैबीच अन्तर्जातीय विवाह गरेको विषयमा दलित परिवारमाथि जातीय गालीगलौज र कुटपिट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर उपमहानरपालिका–५ गोकुल टोल बस्ने केशव मगरातीको परिवारलाई मध्यराति घरमै पुगेर जातीय गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका भीमप्रसाद खतिवडा, बाबुराम न्यौपानेसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक ढकालका अनुसार केशव मगरातीका २४ वर्षीय छोरा सुमन मगराती र भीमप्रसादकी २० वर्षीया छोरी उर्मिला खतिवडा गाउँबाट हराएका थिए । सोही विषयलाई लिएर केटी पक्षले सानो जात भएर ठूलो जातकी छोरी बिहे गर्न खोजेको भन्दै मगराती परिवारलाई भदौ १ गते राति प्रहरीसहित घरमै पुगेर गालीगलौज गर्दै कुटपिट गरेका थिए ।

उमेर पुगेका केटाकेटीहरूले राजीखुसी विवाह गरी अदालतमा नातासमेत कायम गराइसकेपछि केटी पक्षले दलित भएकै कारण आफूहरूलाई कुटपिट गरेको भन्दै जातीय विभेद र कुटपिट अपराधमासोमबार प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले घटना मिलापत्र गराउन दबाब दिइरहेको तर आफूहरूले कानुनअनुसार कारबाहीको माग गरेको आफूलाई पीडित बताउने केशव मगरातीले बताउनुभयो ।

No comments for: "लुटपाट र यौन दुव्र्यवहारको आरोपमा ३० जना प्रहरी नियन्त्रणमा "


Leave a Reply

Join Our Facebook !!!

More Latest