२ भदौ ,
अफ्रिकामा महामारीको रुपमा फैलिएको प्राणघातक रोग इबोलाका संक्रमित भारतको नयाँ दिल्लीमा फेला परेका छन् । भारत भ्रमणका लागि आएका ७६ वर्षीय एक पुरुषमा इबोला रोगको जिवाणु भेटिएको हो । नाइजेरियाबाट आएका तीन यात्रुलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा प्रारम्भिक स्वास्थ्य परीक्षण र राम मनोहर लोनिया अस्पतालमा थप परीक्षण गर्दा एक जनाको संक्रमण भेटिएको हो ।
संक्रमणबारे थप पुष्टि गर्नका लागि पुणेस्थित नेशनल बायलोजी इन्स्टिच्युटमा पु¥याइएको छ । भारत सरकारले इबोला भाइरसको सम्भावित संक्रमण र सावधानीका लागि राम मनोहर लोहिया अस्पतालमा ६ बेडको आइसियु स्थापना समेत गरिएको छ ।
सन् २०१३ मा अफ्रिकी मुलुक गिनीबाट सुरु भएको इबोलाको संक्रमण पछिल्लो समय गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरियासहितअधिकांश अफ्रिकी मुलुकहरुमा फैलिएको छ । इबोलाको फैलदो संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घोषणा समेत गरिसकेको छ । अहिले सम्म इबोला रोगका कारण एक हजारभन्दा बढिको मृत्यु भइसकेको छ । - एजेन्सी

No comments for: "इबोलाका संक्रमित भारतमा भेटिए"
Leave a Reply