बाढीपहिरो डुबान रोक्न भारतसँग कूटनीतिक पहल हुन्छ–मन्त्री साउद



 २ भदौ ,
सिँचाइमन्त्री नारायणप्रसाद साउदले मुलकभर बाढीपहिराको क्षति रोक्न र डुबानबाट जोगाउन भारतको सिमानामा निर्माण गरिएका बाँधको ढोका खोल्न कूटनीतिक पहल गरिने बताउनुभएको छ । यहाँ आज आजोजित कार्यक्रममा मन्त्री साउदले सीमा क्षेत्रमा बाढीपहिरो पीडितको उद्धारका लागि भारतसँगको सहयोगमा हेलिकप्टर तयारी अवस्थामा राखिए पनि प्रतिकूल मौसमका कारण नेपालबाटै उद्धार कार्य गरिएको जानकारी गराउनुभयो ।

    मन्त्री साउदले बाढीपीडितको उद्धार र राहतका लागि सबैै एक जुट भएर अघि बढ्नुपर्छ भन्दैै सरकारले स्थलगत अवलोकन गरी राहत तथा उद्धारलाई अघि बढाउन सक्दो बजेट उपलब्ध गराएको स्पष्ट पार्नुभयो ।

    सोही कार्यक्रममा नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले बाढीपहिरो पीडितको उद्धार र राहत वितरण प्रभावकारी रुपमा हुन नसकेको गुनासो गर्दै सरकारलाई युद्धस्तरमा काम गर्नुपर्ने सुझाव दिनुभयो ।

    उपाध्यक्ष रावलले बाढीपहिराले पूर्वपश्चिम राजमार्गको कतिपय स्थानमा भत्काउँदा अवरुद्ध भएको यातायात  अविलम्ब खोल्न सरकारले सक्दो पहल गर्नुपर्ने बताउनुभयो ।

No comments for: "बाढीपहिरो डुबान रोक्न भारतसँग कूटनीतिक पहल हुन्छ–मन्त्री साउद"


Leave a Reply

Join Our Facebook !!!

More Latest