सल्यानमा मात्र बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुग्यो


२ भदौ ,
सल्यानमा मात्र बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। जिल्लाको लुहाम खोलाले बगाएर वेपत्ता भएका फालावाङ गाविस वडा न ४ का हिरालाल रेउले र काल्चे गाविस वडा न २ का जहरसिंह वलीको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । यसअघि निगालचुला र काल्चेमा आएको बाढीमा ५ जनाको ज्यान गएको थियो । 

सल्यानमा अझै ७ जना वेपत्ता छन् । बाढिपहिरोमा परि घाइते भएका निगालचुला ७ भदालेका ५ जनाको अझै पनि उद्धार हुन सकेको छैन । आइतबार उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गरिए पनि खराब मौसमका कारण ल्याण्ड हुन नसकेपछि उनीहरुको उद्धार हुन नसकेको हो ।

 उनीहरुको लागी सानो हेलिकोप्टर मगाइएकाले आज उद्धार गरीने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । तीनदिने अविरल वर्षातको कारण घर भत्कीएपछि भाग्न खोज्दा एकै घर परिवारका थल बहादुर, इन्द्रकली, मानसिंह, गंगा र जमुना रोका घाइते हुनु भएको छ । हिजो हेलिकोप्टरको माध्यमबाट घुइयाबारि र दम्दुवालीका बाढिपहिरो पीडितहरुलाइ राहत प्रदान गरिएको थियो ।

No comments for: "सल्यानमा मात्र बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुग्यो"


Leave a Reply

Join Our Facebook !!!

More Latest