३० जेठ ,
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पहिलो संविधानसभा विघटन हुनुमा ठूलो दलको हैसियतले आफ्नो पार्टी पनि जिम्मेवार रहेको बताउनुभएको छ । चितवन क्षेत्र नम्बर–४ को चुनावी अभियानको क्रममा आज शिवनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले पहिलो संविधानसभाले संविधान दिन नसक्नुको दोषबाट माओवादी पनि मुक्त रहन नसक्ने बताउनुभयो ।
नेपाली काँग्रेस, नेकपा एमाले तथा अन्य दल र सरकारसमेत आफ्नो एजेण्डामा आएको भन्दै उहाँले आगामी माघ ८ गते संविधान जारी हुने विश्वास दिलाउनुभयो ।
दोस्रो संविधानसभा पनि असफल भए देश सङ्कटमा फस्ने बताउँदै उहाँले समयमै संविधान जारी गर्न आफ्नो पार्टी तत्पर रहेको बताउनुभयो । अध्यक्ष दाहालले पहिचानको आधारमा पा“च राज्य र सामथ्र्यको आधारमा चार राज्य बनाएर सङ्घीयतामा जानुपर्ने बताउनुभयो ।
संविधान बनेसँगै राज्यको पुनःसंरचनाबाट जातीय, क्षेत्रीय र लैङ्गिक विभेद अन्त्य हुने उहाँको भनाइ थियो । अन्तरिम संविधानलाई टेकेर संविधान बन्नुपर्ने धारणा राख्नुभयो । उहाँले चितवन क्षेत्र नम्बर ४ ले राजनीतिक क्षेत्रका अनुभवी उम्मेदवार पाएको भन्दै आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन अपिल पनि गर्नुभयो ।
कार्यक्रममा क्षेत्र नम्बर ४ का एकीकृत नेकपा (माओवादी)का उम्मेदवार खुसीराम पाख्रिन, जिल्ला नेता ठाकुर ढकाल, घनश्याम दाहाललगायतले बोल्नुभएको थियो ।

No comments for: "पहिलो संविधानसभा विघटन हुनुमा आफ्नो दल पनि दोषी – अध्यक्ष दाहाल"
Leave a Reply