बजेट अभावमा मलामी विश्रामगृह अलपत्र


 ३० जेठ,
तुलसीपुर नगरपालिका वडा नं १० का महिलाको सक्रियतामा तुलसीपुरस्थित पातुखोलामा निर्माण हुन लागेको मलामी विश्रामगृह पर्याप्त रकम नहुँदा अलपत्र पर्ने थालेको छ । सो वडामा गठन भएको पुष्पाञ्जलि महिला समूहमा आबद्ध तीन दर्जन गृहिणीको सामाजिक सेवा गर्ने काम अधुरै हुन लागेपछि अहिले उनीहरूले दातालाई गुहारी रहेका छन् ।

तीन वर्ष पहिले आफैँ चन्दा सङ्कलन गरेर निर्माण सुरु गरेको मलामी विश्रामगृहमा आवश्यक रकम अपुग हँुदा निर्माण सम्पन्न गर्न कठिनाइ परेको समूहका अध्यक्ष मसिना मल्लले बताउनुभयो ।

स्थानीय समाजसेवी यज्ञबहादुर बुढाले निःशुल्करूपमा उपलब्ध गराएको १० धुर जग्गामा निर्माण थालनी गरिएको सो विश्रामगृह निर्माणमा हालसम्म रु सात लाख खर्च भइसकेको र अहिलेसम्म ८० प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको पनि मल्लले जानकारी दिनुभयो ।

तुलसीपुर नगरपालिका वडा नं ३, ४, ५ र १० का बासिन्दालाई पायक पर्ने गरी पातुखोलाको विष्णुमती घाटमा मलामी विश्रामगृहको निर्माण भइरहेको छ ।

No comments for: "बजेट अभावमा मलामी विश्रामगृह अलपत्र "


Leave a Reply

Join Our Facebook !!!

More Latest