२९ जेठ ,
मानिसको बच्चा खाने बाघ खोजिरहेको प्रहरीले सदरमुकाम सन्धिखर्कमा आज बिहान एक चितुवा मारेको छ ।
सन्धिखर्क नगरपालिका वडा नं १ बागी खोलामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक दीपेन्द्र जिसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीन राउन्ड गोली प्रहार गर्दा चितुवा मरेको हो ।

मारिएको चितुवाको तौल साढे १७ केजी र लम्बाइ चार फिट तीन इन्च भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र जिसीले बताउनुभयो । एक वर्षयता सन्धिखर्क आसपासमा चार बालकलाई बाघले खाएपछि नरभक्षी बाघ खोज्न चार दिनदेखि प्रहरी परिचालन भएको थियो ।
बालबच्चा खाएपछि चिन्तित बनेका स्थानीय बासिन्दा चितुवा मार्दा हर्षित बनेका छन् । नुवाकोटमा दुई, किमडाँडामा एक र सन्धिखर्कमा एक गरी चार बालबालिकाको ज्यान गएपछि स्थानीय बासिन्दाले बाघ मार्नुपर्ने बताउँदै आएका थिए ।

No comments for: "चितुवा मारेपछि स्थानीयवासी हर्षित"
Leave a Reply