अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सुरु


२९ जेठ ,
 श्रव्यदृश्यका माध्यमबाट आदिवासी जनजातिको पहिचान तथा अधिकारलाई थप उजागर गर्ने ध्येयले आठाँै अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भयो ।
  यही जेठ ३१ गतेसम्म जारी रहने सो महोत्सवमा नेपाललगायत भारत, जापान, बेल्जियम, ब्राजिल, पेरु, बोलिभिया आदि देशमा विभिन्न निर्माताद्वारा निर्मित ६० छोटा चलचित्र प्रदर्शनी गरिने जनाइएको छ । प्रतियोगितात्मकसमेत रहेको सो महोत्सवको निर्णायकमा जिएल भारतद्वाज (भारत), निमो गुजी नावामी (जापान) र अनिता गुरुङ (नेपाल) रहनुभएको छ ।

   संस्कृतिविद् सत्यमोहन जोशीले महोत्सवको शुभारम्भ गर्दै आदिवासी जनजातिको पहिचान र अधिकारलाई स्थापित गर्न चलचित्र महोत्सवले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवका संयोजक सन्जोग लाफा मगरले आदिवासीका जीवन्त मौलिक संस्कृतिभित्रका अन्तर्वस्तुलाई थप उजागर गर्न महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले नयाँ संविधानमा आदिवासी जनजातिको पहिचानलाई समावेश गर्न माग गर्नुभयो ।

No comments for: "अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव सुरु"


Leave a Reply

Join Our Facebook !!!

More Latest