२९ जेठ,
सुनसरी मोरङ सिँचाइ आयोजनाको मूल नहरको दायाँबायाँ अतिक्रमण गरेर बनाएका घरटहरा भत्काउने क्रम तीव्रगतिमा अघि बढाइएको छ ।
आयोजनाले लामो समयदेखि सूचना जारी गर्दै घरटहरा हटाउन आग्रह गरेको थियो तर कपियत ठाउँका अतिक्रमितले घरटहरा भत्काउन आनाकानी गरिरहेको अवस्थामा आयोजनाले तीन दिनअघि प्रहरी प्रशासनको सहयोगमा मोरङ जिल्लाको केरौनबाट घरटहरा भत्काउन थालेपछि अहिले दुवै जिल्लाका अतिक्रमितले आफैँ घरमा सामान अन्यत्र सार्ने र घर भत्काउने क्रम तीव्र बनेको हो ।

मोरङको केरौन, बाहुनी बनिगामाको नेताचोक र सोमबारे क्षेत्रका घरटहरा भत्काउने कार्य लगभग अन्तिम चरणमा पुगिसकेको इन्जिनियर तारा पौडेलले जानकारी दिनुभयो । बुधबार बनिगामाको नेताचोक तथा सोमबारे क्षेत्रका बाँकी रहेका घरटहरा डोजरले भत्काउने कार्य भइरहेको छ । मोरङतिरको नहर डिलमा दुई हजार २०० घरटहरा थिए ।
सुनसरी र मोरङको सीमा बूढीगङ्गा जमुन नदी पूर्व केरौनसम्मका भूभागको नहर क्षेत्रको सफाइ गर्ने कार्य पनि लगभग सकिएको छ । यता सुनसरी जिल्लाको खनारदेखि पश्चिम एकम्वा झुम्का सिँगिया हुँदै चक्रघट्टीको बाङ्गे क्षेत्रका स्थानीयवासीले पनि आफूले अतिक्रमण गरेर बनाएका घरटहरा भत्काउने कार्य जारी रहेको छ । जहाँ घरटहरा आफैँले भत्काइएको छैन । त्यस स्थानमा आयोजनाले प्रहरीसमेतको सहयोगमा डोजर लगाएर नहरको जमिन खाली गराउँदै आइरहेको छ ।
दुवै जिल्लाको नहर क्षेत्रमा पाँच हजार ५०२ वटा घरटहरा बनाइएको थियो । त्यसमध्ये सुनसरीतिरको तीन हजार ३०२ घर पनि एक साताभित्रमा पूरा हटाएर खाली गराइसकिने आयोजनाको योजना रहेको छ । असारको पहिलो साताभित्रमा नै नहरको सफाइसँगै अतिक्रमित घरटहरा हटाएर किसानको खेतका लागि नहरमा पानी डिस्चार्ज गरिसक्ने सम्पूर्ण तयारीका साथ आयोजनाले काम गरिरहेको अर्का इन्जिनियर केदार तिवारीले बताउनुभयो ।
आयोजनाले किसानको खेतमा पानी प्रवाह गर्ने उद्देश्यका साथ काम गरिरहेकाले कुनै पनि ठाउँमा अतिक्रमण गरेर बनाइएको पक्की होस् वा कच्ची जस्तोसुकै संरचना भए पनि ती सवै नै हटाउने योजना रहेको जनाएको छ ।

No comments for: "अतिक्रमित घर टहरा भत्काइँदै"
Leave a Reply