एमालेले महाधिवेशन प्रतिनिधि सङ्ख्या टुङ्गो लगायो


 २८ जेठ ,
 नेकपा (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनका लागि विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन आज बसेको कार्यदलकोे बैठकले कुन–कुन क्षेत्रबाट कति सङ्ख्या प्रतिनिधि आउने भन्ने विषयमा टुङ्गो लगाएको छ । बैठकमा खुल्लातर्फ २०० पार्टी सङ्गठित सदस्य बराबर एकजना प्रतिनिधि, महिला, मजदुर, पछाडि परेको  क्षेत्रबाट १५० पार्टी सङ्गठित सदस्य बाराबर एक प्रतिनिधि र दलिततर्फबाट १०० सङ्गठित सदस्य बराबर एक प्रतिनिधि आउने बैठकले तय गरेको नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।   चरणबद्ध तरिकाले विधान संशोधनका विषयमा छलफल गरिने र भोलिको बैठकमा पार्टीको कार्यसमितिका कति बनाउने भन्ने विषयमा कार्यदलले निश्कर्ष निकाल्ने उहाँले जानकारी दिनुभयो ।   

 मङ्गलबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई अन्तिमरुप दिन अध्यक्ष अलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय कमिटी गठन गरेको थियो । कमिटीमा महासचिव ईश्वर पोखरेल, सचिवहरू युवराज ज्ञवाली, विष्णु पौडेल, शङ्कर पोखरेल, नेताहरू सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, प्रकाश ज्वाला, भीम रावल, बेदूराम भूषाल, अष्टलक्ष्मी शाक्यलगायत रहनुभएको छ  ।

आगामी असार १९ देखि २५ गतेदेखि काठमाडाँंैमा हुने एमाले महाधिवेशनका लागि करिब एक हजार ९९६ प्रतिनिधि हुने तय भएको छ ।

No comments for: "एमालेले महाधिवेशन प्रतिनिधि सङ्ख्या टुङ्गो लगायो"


Leave a Reply

Join Our Facebook !!!

More Latest