२९ जेठ,
विश्वकप फुटबल प्रतियोगिताको २० औं संस्करण बिहीबार ब्राजिलमा सुरु हुँदैछ । ब्राजिलको साओ पाउलो एरिना कोरिन्थियन्स रंगशालामा हुने पहिलो उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसियाले प्रतिष्पर्धा गर्नेछन् । ब्राजिलमा दोस्रो पटक हुन लागेको यस प्रतिष्पर्धामा विगतजस्तै विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । ब्राजिलले यसअघि सन् १९५० मा विश्वकप फुटबलको आयोजना गरेको थियो ।
क्रोएसियासँग सन् २००६ मा भएको विश्वकपमा ब्राजिलले एक शून्य गोल अन्तरले जितेको थियो । क्रोएसियाका गोल रक्षक प्लेटिकोस निक्कै सशक्त छन् । उनले अघिल्लो प्रतिस्पर्धामा विश्वका सर्वशक्तिमान स्टाइकर मानिएका रोनाल्डो, काका र रोनाल्डिन्होका उत्कृष्ट प्रहारहरु बचाएका थिए । यो पटक भने प्लेटिकोसले नेइमार, हल्क र फ्रेडको सामाना गर्नुपर्नेछ । यता ब्राजिलले पनि गोल रक्षकका साथै डिफेन्स लाइनअप चिन निक्कै हम्मे हम्मे पर्नेछ ।
प्रतियोगिताको उद्घाटन खेल भने जापानी रेफ्री युची निसहिमुराले सञ्चालन गर्नेछन् । युची सन् २०१२ मा फिफाको ‘मेन्स रेफ्री अफ द इयर’को उपाधि पाउन सफल व्यक्ति हुन् । पाँच पटकको उपाधि विजेता ब्राजिल यसपटक पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । ब्राजिललाई सफल सुरुवात गर्ने दबाब छ । घरेलु मैदानमा हुने खेल जसरी पनि जित्नुपर्ने दबाबमा ब्राजिल मैदानमा ओर्लने छ भने बिना कुनै दबाब क्रोएसिया मैदान उत्रने छ ।

No comments for: "विश्वकप फुटबलको महामेला २०१४ आजदेखि सुरु"
Leave a Reply