२८ जेठ ,
इराकको
दोस्रो ठूलो सहर मोसुल इस्लामिक विद्रोहीले नियन्त्रणमा लिएपछि त्यस
क्षेत्रबाट १ लाख ५० हजारभन्दा बढी मानिस पलायन भएका छन् । पलायन हुन बाध्य
पारिएकामा सरकारी सेनासमेत रहेका बताइएको छ ।
प्रधानमन्त्री नुरी अल मलिकीले विद्रोहीको प्रभाव बढ्दै गएपछि संकटकल लगाउन संसद समक्ष आग्रह गरेका छन् । विद्रोहीले सहरका अधिकांश प्रहरी चौकी ध्वस्त पारेका छन् भने सयौं बन्दीलाई रिहा गराएको बीबीसीले जनाएको छ ।
राजधानी बग्दाददेखि ४ सय किलोमिटर उत्तरमा पर्ने मोसुलमा शुक्रबारबाट सरकारी सेना र इस्लामिक विद्रोहीबीच सशस्त्र संघर्ष सुरु भएको थियो ।
घटनाप्रति राष्ट्रसंघका महासचिव बान कि मुनले चिन्ता व्यक्त गर्दै इराक सरकार र कुर्दीस क्षेत्रीय सरकारलाई मिलेर काम गरि शान्ति बहाली गर्न आग्रह गरेका छन् । अमेरिकाले पनि घटनाप्रति चासो देखाएको छ ।- एजेन्सी

No comments for: "इराकको दोस्रो ठूलो सहर विद्रोहीको कब्जामा, १ लाख ५० हजार पलायन "
Leave a Reply