पाकिस्तान लडाकूले पाँच व्यक्ति मारे


 २८ जेठ ,
 पाकिस्तानका स्वात उपत्यका नजिकै लडाकूसँगको दुई सङ्घर्षमा तीन प्रहरीका साथमा पाँच व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । पहिलो आक्रमण स्वात उपत्यकाको कुजा बन्दी गाउँमा भएको र बन्दुकधारीले सरकार समर्थक लडाकूहरूको गाडीमा आक्रमण गरेको बताइएको छ । यस घटनामा एक प्रहरी पनि परेको जिल्ला प्रहरी प्रमुख सेर अकबरले बताए ।

यी आक्रमणको कसैले पनि जिम्मेवारी लिएका छैनन् र तालिवानले पहिले यस्ता आक्रमण गर्ने गरेको बताइएको छ । यसै गरी छ लडाकूले उत्तरपश्चिमी दर्गाइ नगरमा एक निरीक्षण केन्द्रमा आक्रमण गरी दुई प्रहरीको हत्या गरेको जानकारी स्थानीय अधिकारीहरूले दिएका छन् ।

    स्थानीय सरकारका अधिकारी फयाज खानले उक्त आक्रमणको पुष्टि गरे । एएफपी

No comments for: "पाकिस्तान लडाकूले पाँच व्यक्ति मारे "


Leave a Reply

Join Our Facebook !!!

More Latest