२८ जेठ ,
उचित संरक्षण र मर्मतको अभावमा राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको शीतलपुरस्थित बबई नदीको पक्की पुल जीर्ण बन्दै गएको छ । पुलमा गरिएको पुरानो कालोपत्र ठाउँठाउँमा खाल्डाखुल्डी परेर उक्किए पनि त्यसलाई मर्मत नगरेका कारण अहिले ठाउँ ठाउँमा ठूलाठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ पनि कमजोर हँुदै गएको स्थानीयवासी होताराम रजौरेले जानकारी दिनुभयो ।
त्यस्तै पुलको जोडाइमा राखेका तामाका पाताहरू पनि चोरी भएका छन् भने वर्षात्को समयमा ती जोडाइबाट पानी पस्ने गरेको छ । पुलको पूर्वतिरको भाग कमजोर हँुदै गएको र कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्भावना बढिरहेको जनाइएको छ । विसं २०५५ मा निर्माण गरिएको सो पक्की पुल ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको रहेको छ ।
सो पुल भएर दैनिक ५०० भन्दा बढी यातायातका साधन आवतजावत गर्दछन् ।

No comments for: "बबई नदीको पक्की पुल मर्मत नहुँदा पुल जीर्ण दुर्घटना हुनसक्ने सम्भावना "
Leave a Reply