२८ जेठ,
दाङको लालमटिया गाविस वडा नं ४ का किसान यतिबेला उन्नत जातका मकैखेतीतर्फ आकर्षित भएका छन् । विगतका वर्षदेखि नै सो गाविसका किसानले सोचेभन्दा बढी मकै आम्दानी लिन सफल भए पछि अहिले पनि उनीहरू सो खेतीतर्फ आकर्षित भएका हुन् ।विगत दुई वर्षदेखि जिल्ला कृषि विकास कार्यालय दाङले परम्परागत जातका मकैखेती गर्दा उत्पादन नहुने भन्दै किसानलाई उन्नत जातका मकैखेती गर्न अभिप्ररित गरेपछि त्यहाँका किसानले दोब्बरभन्दा पनि बढी आम्दानी लिन सकेका छन् ।
सो गाविसमा विभिन्न चार वटा समूह गठन गरेर १०० भन्दा बढी किसानले यस वर्ष उन्नत जात (हाइब्रेड ऋ१९२१) नामको मकैखेती सुरु गरेका हुन् । जिल्ला कृषि विकास कार्यालय दाङको अभियानमुखी कार्यक्रमअन्तर्गत विभिन्न समूहमा आबद्ध भएका किसानलाई ३३ प्रतिशत अनुदानस्वरूप प्रतिकिलो रु १४० का दरले १२० जना किसानलाई बीउ उपलब्ध गराएपछि चैत महिना लाग्नु अगावै आफूहरूले मकैखेतीको सुरु गरेको बताउनु हुन्छ ।
प्रगतिशील मकै उत्पादन समूह लालमटियाकी सदस्य सीता आचार्य, उहाँले यसपालि पाँच कट्ठा जग्गामा उन्नत जातका मकैखेती गर्नुभएको छ । “अहिलेसम्म राम्रो छ, गत वर्ष पनि राम्रो आम्दानी लिन सकियो यसपालि त अझै राम्रो मकै उत्पादन होला भन्ने आशामा छाँै”, उहाँले भन्नुभयो ।
समय पनि धेरै नलाग्ने मकै उत्पादन पनि बढी हुने हँुदा उन्नत जातका मकैखेती गरेको बताउनु हुन्छ सोही गाविसका शुकलाल चौधरी, उहाँले भन्नुभयो, “यो मकैखेती गर्दा मिहिनेत त धेरै गर्नु त पर्छ, मकै ड्याङ बनाएर रोप्नुपर्ने, बेलाबेलामा गोडमेल गर्नुपर्ने र रासायनिक मलभन्दा धेरै प्राङ्गारिक मल चाहिने भए पनि उत्पादन भने राम्रो लिन सकिन्छ । त्यसैले यसपालि आठ कट्ठा जग्गामा मकैखेती गरेको छु ।
उहाँले अझै यसलाई जिल्लाका धेरै किसानमाझ लैजानुपर्छ । ताकी उनीहरूले पनि यो खेती गरेर राम्रो आम्दानी लिन सकुन । त्यसैगरी जिल्ला कृषि विकास कार्यालयले पनि बीउ वृद्धि गर्नुपर्ने, समयसमयमा प्राविधिक सल्लाह दिनुपर्ने, मलको पनि व्यवस्था अनुदानमा गरिदिनुपर्ने उहाँले बताउनुभयो ।
यसअघि परम्परागत खेती गर्दा राम्रो आम्दानी लिन नसकेको बताउँदै उहाँले यस्ता खेतीतर्फ किसानलाई आकर्षण गर्न तालिम गोष्ठी र उत्पादन भएको बालीलाई बजारको व्यवस्था सम्बन्धित निकायले गर्नुपर्ने उहाँको सुझाव रहेको छ ।
यस्ताखाले खेतीले किसानको आर्थिक अवस्था सुदृढ हुने र कामको खोजीमा बिदेशिनेलाई समेत स्वदेशमा नै बसेर खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ भन्ने विश्वास बढ्ने उहाँको भनाइ रहेको छ ।अहिले सीता, शुकलाललेमात्र होइन सो गाविसका १२० जना किसानले विभिन्न समूह गठनगरी त्यहाँका १०० हेक्टर जमिनमा उन्नत जातका मकैखेती गरेको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय दाङका वरिष्ठ कृषि अधिकृत राममिलन विश्वकर्माका अनुसार लालमटिया जिल्लाकै पकेट मकैखेतीका लागि उपयुक्त ठाउँ भएको हुँदा सो क्षेत्रमा उन्नत जातका मकै धेरै किसानले गरिरहेको बताउनुभयो । नेपाल तथा दाङमा पशुपालन बढेको र यसअघि नेपालमा पशुपालनका लागि आवश्यक कच्चापदार्थ मलेसिया, भारतलगायतका ठाउँबाट ल्याई दाना बनाउने गरेकामा त्यसलाई स्वदेशमा नै केही पूर्ति गराँै भन्ने उद्देश्यले सरकारले नेपालका धेरै जिल्लामा केही अनुदानका साथ उन्नत जातका मकैखेती गर्न किसानलाई आकर्षित गराएको हो उहाँले भन्नुभयो ।
यस वर्ष जिल्लाका सतबरिया, टरीगाउँ, ढिकपुर, बागमारे, गढवा, गगापरस्पुर लालमटिया, डुरुवा, सोनपुर र नारायणपुरलगायतका गाविसका ५०२ जना किसान विभिन्न २७ वटा समूहमा आबद्ध भई ३०० हेक्टर जमिनमा मकैखेती गरेका हुन् । प्रतिहेक्टर २० किलोका दरले छ हजार किलो उन्नत जातका बीउ ३३ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी तालिम, प्राविधिक सरसल्लाहसमेत किसानलाई दिने गरेको बताइएको छ । यस्ताखाले उन्नत जातका खेतीले किसानको आर्थिक वृद्धिदर माथि उठ्ने र यसले बढ्दो बेरोजगारी, गरिबी र भोकमरीलाई न्यूनीकरण गर्न सहयोग पुग्ने कृषि विज्ञहरू बताउन् ।

No comments for: "लालमटियाका किसान उन्नत जातका मकैखेतीतर्फ आकर्षित "
Leave a Reply