२४ जेठ,
जिल्ला प्रहरी कार्यालय नवलपरासीको गस्ती टोलीलेसुनवल र बर्दघाट ईलाकाबाट होटलका सञ्चालकसहित १८ युवालाई यौन कार्यमा संलग्न भएको आरोपमा आज पक्राउ गरेको छ । प्रहरी उपरीक्षक विष्णुहरि गौतमका अनुसार दीपक रेस्टुरेन्टका सञ्चालक रामनगर–१ का सिकन्दर खत्री, भारत बाल्मीकिनगर घर भएका युवराजकुमार यादव, अनिरुद्ध चौधरी र एक युवती पक्राउ परेका हुन् ।
त्यस्तै गए राति सुनवलको कल्पना होटलबाट नौ र चौधरी गेस्ट हाउसबाट पाँच युवा पक्राउ परेका छन् । उनीहरुबाट यौन सम्पर्कका बेला प्रयोग गर्ने अस्थायी साधनसमेत बरामद गरिएको प्रहरी उपरीक्षक गौतमले जानकारी दिनुभयो । उनीहरु २२ देखि २८ वर्ष उमेर समूहका छन् । अभियुक्त सबैलाई सावर्जनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
यसैबीच बेचविखनमा परेकी एक युवतीलाई प्रहरीले भारतीय सीमा क्षेत्र महेशपुरबाट आज उद्धार गरेको छ । प्ररहीले बेचबिखनका लागि ती युवती लिएर जाँदै गरेका इटहरी–३ का नारायण थापालाई पक्राउ गरेको प्रहरी उपरीक्षक गौतमले जानकारी दिनुभयो ।

No comments for: "यौन गतिविधिमा संलग्न पक्राउ"
Leave a Reply