महिलाको व्यक्तित्व झल्काउन पहिरनसँगै मेकअपले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ। मेकअप गर्दा सचेत हुनुपर्छ। त्यसमा पनि आँखाको मेकअप गर्दा त निकै ध्यान पुर्या उनुपर्छ। सुन्दर आँखाले सबैको ध्यान आफूतिर तान्छ। त्यसैले आँखालाई आकर्षक बनाउने प्रयास किन नगर्ने? सधैं एउटै किसिमको आई मेकअप गर्नुभन्दा केही नयाँ–नयाँ तरिका अपनाएर आँखालाई अझै सुन्दर बनाउन सकिन्छ।
आजभोलि ‘क्याट आई लुक’ ट्रेन्डमा छ। यसलाई डे र इभिनिङ लुकका लागि प्रयोग गर्न सकिन्छ। डे आई मेकअप गर्र्दा क्रिम जेल आइलाइनरलाई ब्रसको सहायताले सुरुमा आइलाइनरलाई भित्रबाट बाहिरको कुनासम्म लगाउने या कुनाको बाहिरसम्म निकाल्ने। भित्रदेखि बाहिरसम्म आइलाइनर निकाल्दा लाइन अलि लामो तान्नुपर्छ। क्याट आई लुकलाई इभिनिङ मेकअपमा प्रयोग गर्दा क्रिम जेल आइलाइनरलाई ब्रसको सहायताले भित्रदेखि बाहिरको कुनासम्म लगाउने र कुनादेखि बाहिरसम्म निकाल्ने। भित्रदेखि बाहिरसम्म लगाउँदा लाइन अलि मोटो कोर्नुपर्छ। त्यसै लाइनमाथि आई ब्रसको मद्दतले ब्ल्याक स्याडो लगाउने।
स्मोकी आई लुकका लागि माथिको परेलामा कालो रङको आइस्याडो लगाउने। त्यसपछि खैरो आइस्याडो आँखाका ढकनी (क्रिज)मा लगाउने र अलिकति बाहिर निकाल्ने। तर, खैरो स्याडोलाई कालो रङको स्याडोस“ग मिसाउनु हु“दैन। स्मोकी लुकको लागि लेङथनिङ मस्काराको प्रयोग गर्नु आवश्यक हुन्छ। मस्काराको प्रयोगपछि फेरि खरानी रङको आइलाइनरले पातलो रेखा खिच्ने। त्यसपछि तपाईंले स्मोकी आइज पाउन सक्नुहुन्छ।
कलेज लुकका लागि तलको परेलामा कालो वा नीलो रङको गाजल पेन्सिलले मोटो रेखा बनाउनुपर्छ र आ“खाको कुनाबाट बाहिरसम्म निकाल्नुपर्छ। एजेन्सी
No comments for: "सुन्दर आँखाका लागि"
Leave a Reply