२४ जेठ,
अफगानिस्तानको उत्तरी भागमा आएको बाढीका कारण ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको, सयौँ घर बगाएको तथा हजारौँ व्यक्ति आफ्नो घर परित्याग गर्न बाध्य भएको जानकारी प्रान्तीय अधिकारीहरुले शनिबार दिएका छन् । प्रान्तीय प्रशासनका प्रवक्ता मोहमुद हकमलले घना वर्षापछि आएको बाढीका कारण बाग्लान प्रान्तको गुजारगाह–ए–नुर जिल्लामा ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिए ।
प्रवक्ता हकमलले आफूहरुले ५० व्यक्तिको शव फेला पारेको र त्यसमा महिला तथा बालबालिकाको शव पनि रहेको जानकारी दिए । उनले अन्य धेरै व्यक्ति अझै हराइरहेको उल्लेख गरे । उनले यो सङ्ख्या मृतकको प्रारम्भिक सङ्ख्या भएको र यो बढ्नसक्ने उल्लेख गरे । गुजारगाह–ए–नुर जिल्लाका प्रशासक नुर मोहमद गुजारले ६६ व्यक्तिको मृत्यु भएको जानकारी दिए ।
उनले हिजो आएको बाढीका कारण चार गाउँलाई नष्ट बनाएको, करिब दुई हजार घर बगाएको, कृषि भूमिलाई प्रभावित बनाएको तथा हजारौँ गाईवस्तुको मृत्यु भएको उल्लेख गरे । अफगानिस्तानको उत्तरपूर्वी बदख्सान प्रान्तमा गत महिना घना वर्षापछि गएको पहिरोका कारण कम्तीमा ३०० व्यक्तिको मृत्यु भएको थियो ।
मे २ मा ताजिकिस्तान, चीन तथा पाकिस्तानको सीमामा पर्ने यस प्रान्तको आर्गु जिल्लामा भएको उक्त दुर्घटनाका कारण सयौँ परिवार घरवारविहीन भएको बताइएको छ । रासस÷एएफपी

No comments for: "अफगानिस्तानमा बाढीका कारण पचासको मृत्यु "
Leave a Reply