२४ जेठ,
सहरी विकास मन्त्री डा नारायण खड्काले सङ्घीयताको मुद्दा जनमतसङ्ग्रहमा लगेर भए पनि टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले आज गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री खड्काले भन्नुभयो, “सङ्घीयताको विषयलाई जनमतसङ्ग्रहमा लगेर भए पनि टुङ्गो लगाउनु पर्छ ।”
उहाँले पहिलो संविधानसभा सङ्घीयताका कारण असफल भएको बताउँदै सहमति र बहुमतले टुङ्ग्याउन नसके अन्तिम र सर्वमान्य विकल्प जनमतसङ्ग्रह नै हो । सङ्घीयताका बारेमा दलहरुको फरकफरक विचार आएका बताउँदै मन्त्री खड्काले व्यापक छलफल गरेर समाधान खोजिने उल्लेख गर्नुभयो । उहाँले जसरी भए पनि आगामी माघ ८ मा नयाँ संविधान जनताले पाउने दाबी गर्नुभयो ।

No comments for: "सङ्घीयताको मुद्दा जनमतसङ्ग्रहमा – मन्त्री डा खड्का "
Leave a Reply