कतारमा दिउँसो काम लगाए कारवाही हुने


२४ जेठ,
कतारको श्रम मन्त्रालयले कतारमा तीन महिनासम्म दिउँसोको समयमा काममा लगाउन नपाउने भन्दै स्थानीय कम्पनीलाई सचेत गराएको छ । दिनप्रतिदिन तापक्रम बढ्दै गइरहेको बेला मन्त्रालयले जुन १५बाट अगस्ट ३१ सम्म बिहान ११ :३० देखि दिउँसो ३ बजेसम्म बाहिरको काममा नलगाउन कम्पनीलाई निर्देशन दिएको हो ।

५० डिग्री भन्दा माथिको तापक्रम बढेको सरकारी निकायले जनाएको खण्डमा बाहिर पूर्ण रुपमा हिडडुल गर्नदेखि काम गर्नसमेत प्रतिबन्ध लगाउने बताइएको छ । जुन पहिलो सातासम्म यहाँ ४६ डिग्रीसम्म तापक्रम बढेको तापमापन विभागले जनाएको छ ।

श्रम मन्त्रालयले दिउँसोको समयमा काममा लगाएको भेटिएमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । ‘रोजगारदाताले कामदारलाई नियमअनुसार तोकिएको समयमा मात्रै काम लगाउनुहोला,’ श्रम तथा सामाजिक मन्त्रालयले सूचना जारी गर्दै भनेको छ, ‘त्यस्तो समयमा हाम्रा श्रम निरीक्षकहरु कार्यस्थलको अनुगमनमा आउनेछन् ।’ एजेन्सी

No comments for: "कतारमा दिउँसो काम लगाए कारवाही हुने"


Leave a Reply

Join Our Facebook !!!

More Latest