२४ जेठ ,
विश्वकप फुटबल नजिकिंदै गर्दा भइरहेका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा उपाधि दावेदारहरुको जित्ने क्रम जारी छ । आज भएका खेलमा ब्राजिल, जर्मनी, पोर्चुगल, क्रोएसिया र जापानले जित हासिल गरेका छन् ।
विश्वकप फुटबलको यस संस्करणको आयोजक ब्राजिलले सर्वियालाई १–० ले हरायो । ब्राजिलका लागि फ्रेडले गोल गर्दै कठिन जित दिलाए । त्यसैगरी, जर्मनीले कमजोर टिम अर्मेनियालाई ६–१ को फराकिलो अन्तरले हरायो । जर्मनीलाई आधा दर्जन गोल दिलाउने क्रममा मारियो गोएट्जले दुई तथा मिरोस्लाभ कोज, लुकास पोडोल्स्की, आन्द्रे सुएर्ले र बेनेडिक्ट होवेडेस्ले एक–एक गोल गरे ।
पोर्चुगलले मेक्सिकोलाई १–० ले हरायो । पोर्चुगललाई जिताउन बु्रनो आल्भेस्ले निर्णायक गोल गरे ।
त्यसैगरी, एसियाको पावर हाउस जापानले जाम्बियालाई ४–३ ले हरायो । ३–३ गोलको बराबरी भएको अवस्थामा ९०औं मिनेटमा योसितो ओकुबोले निर्णायक गोल गर्दै जापानलाई जिताएका थिए । यसअघि जापानका लागि केइसुके होन्डाले दुई तथा सिन्जि कागावाले एक गोल गरेका थिए ।
अन्य खेलमा ग्रीसले बोलिभियालाई २–१ ले तथा कोलम्बियालाई ३–० ले हरायो । कोस्टारिका र आयरल्याण्डले भने एक–एक गोलको बराबरी खेलेका छन् । एजेन्सी
No comments for: " ब्राजिलले सर्वियालाई हरायो, जर्मनीको फराकिलो जित"
Leave a Reply