आत्मघाती बम आक्रमणमा छत्तीसको मृत्यु


 २३ जेठ,
 इराकको उत्तरी निनेवेह प्रान्तमा साबक अल्पसङ्ख्यकमाथि लक्ष्य गरी भएको दुई आत्मघाती आक्रमण तथा सुरक्षा सेना तथा लडाकूबीचको सङ्घर्षमा शुक्रबार ३६ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।  प्रान्तीय राजधानी मोसुल इराकको सबैभन्दा डरलाग्दो नगरमध्ये एक भएको बताइएको छ । यहाँ लडाकूहरूको बलियो पकड रहेको छ र दैनिक जस्तो आक्रमण भइरहन्छ ।

नगरको पूर्वी भागमा अल–मुवाफाकियाको सबाक गाउँमा दुई आत्मघाती आक्रमणकारीले गाडी विस्फोट गराएको र त्यसका कारण चार व्यक्तिको मृत्यु भएको तथा ४५ अन्य घाइते भएको जानकारी प्रहरी तथा आमसञ्चार अधिकारीहरूले दिएका छन् ।  मोसुलको पश्चिमी भागमा सङ्घर्षमा चार प्रहरी, तीन सैनिक तथा १६ लडाकूको मृत्यु भएको बताइएको छ । यसै गरी मोर्टार प्रहारमा एक नागरिकको मृत्यु भएको बताइएको छ ।

मोसुलको पूर्वी भागमा लडाकूसँगको सङ्घर्षमा तीन सैनिकको मृत्यु भएको बताइएको छ । नगरको दक्षिण भाग हमाम अल–अलिलमा आत्मघाती बम आक्रमणकारी ठानिएका पाँच व्यक्तिलाई सुरक्षाकर्मीेले गोली प्रहार गरी मारेको बताइएको छ ।  यसको एक दिन अगाडि बग्दादको उत्तरी नगर सामारामा एक प्रमुख आक्रमण भएको थियो । एएफपी

No comments for: "आत्मघाती बम आक्रमणमा छत्तीसको मृत्यु"


Leave a Reply

Join Our Facebook !!!

More Latest