दाङ जिल्लालाई आज खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका एक लाख १६ हजार ३४३ घरघुरीमा सबैले शौचालय निर्माण गरेपछि पूरै जिल्लालाई खुल्लादिसा मुक्त घोषणा गरिएको हो ।
आज सदरमुकाम घोराहीमा आयोजना गरिएको एक कार्यक्रममा सहरी विकास मन्त्री डा. नारायण खड्काले जिल्ला खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभएको हो । आज खुल्ला दिसामुक्त भएको यस जिल्ला नेपालको १४ औँ र तराईको दोस्रो जिल्ला हो ।
सहरी विकास मन्त्री डा. खडकाले जिल्लावासीलाई शपथ खुवाएर खुल्ला दिसामुक्त घोषणा गर्नु भएको हो । यस जिल्लामा पिउने पानीको उचित व्यवस्था गर्न आपूm प्रतिबद्ध भएर लाग्ने पनि उहाँले बताउनुभयो ।

खुला दिसामुक्त जिल्ला घोषणा कार्यक्रममा मेरो दाङ मेरो देउखुरी बोलको जिल्लीय गीत प्रस्तुत गर्दै कलाकारहरु। Photo: Udaya G.M. |
घोषणा सभामा बोल्दै मन्त्री खड्काले जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न सफल भएकामा सबैलाई धन्यवाद दिँदै सरसफाइ संस्कारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
No comments for: "दाङ जिल्ला खुल्ला दिसामुक्त घोषणा "
Leave a Reply