२३ जेठ ,
एकीकृत नेकपा(माओवादी)का प्रवक्ता दीनानाथ शर्माले पार्टी नेता डा बाबुराम भट्टराई पक्षले छुट्टै कार्य विभाजन गरेको भन्ने समाचारमा सत्यता नभएको दाबी गर्नुभएकोे छ । प्रवक्ता शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै डा भट्टराईका बारेमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित÷प्रसारित समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै ती समाचार भ्रमपूर्ण रहेकाले त्यसको खण्डन गर्दछौं भन्नुभएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकमा निर्वाचनमार्फत नेतृत्व चयन र शीर्ष नेतृत्वबीचको समझदारीअनुसार कार्यविभाजन भई देशव्यापीरूपमा प्रशिक्षण कार्यक्रमको तयारी भइरहेको सन्दर्भमा यस प्रकारको भ्रमले कुनै असर नगर्ने विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको शीर्ष तहमा नेताहरूबीच सौहार्दपूर्ण छलफल भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

No comments for: "एमाओवादीमा भट्टराई पक्षले छुट्टै कार्यविभाजन नगरेकोे दाबी"
Leave a Reply