२३ जेठ,
केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बाँके जिल्लाका संस्थागत तथा निजी विद्यालय एक साताका लागि बन्द गरिने भएको छ । प्याब्सन, एनप्याब्सन र क्रिसाको संयुक्त बैठकले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नेपालगन्जमा दिन प्रतिदिन गर्मी बढ्दै गएपछि पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समस्या आउने भन्दै विद्यालय बन्द गर्नुपरेको प्याब्सनले जनाएको छ ।
बढी तापक्रमले बालबालिका बेहोस हुने, झाडापखाला, रक्तचाप, बढ्नेलगायत समस्या देखापरेपछि विद्यालय बन्द गर्नुपरेको बताईके छ । केही दिनदेखि नेपालगन्जको तापक्रम ४३ दशमलव ९ डिग्री सेल्सियसको हाराहारीमा रहेको छ ।

No comments for: "गर्मीका कारण विद्यालय बन्द"
Leave a Reply