नेपाल–भारत सुरक्षा सुझाव समितिको बैठक काठमाडौँमा हुँदै


 २२ जेठ,
हरेक वर्ष नेपाल र भारतमा आलोपालो गरी सञ्चालन हुँदै आएको नेपाल–भारत सुरक्षा सुझाव समितिको दुईदिने बैठक यही जेठ २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।

बैठकमा भारतका तर्फबाट वैदेशिक मामिला मन्त्रालयका सहसचिव अभय ठाकुरले १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नु हुनेछ । १५ सदस्यीय नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्नु हुनेछ ।

 उक्त बैठकमा आपसी सहयोगका विषयमा छलफल हुनेछ । साथै अघिल्ला बैठकमा भएका निर्णयमाथिको प्रगति समीक्षा र आगामी वर्षको कार्य विवरणमाथिसमेत छलफल हुने उक्त बैठकमा द्विपक्षीय सुरक्षा सरोकारका साथै सैन्य सामग्री, तालिम तथा सूचना आदानप्रदानका विषयमा समेत छलफल हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

No comments for: "नेपाल–भारत सुरक्षा सुझाव समितिको बैठक काठमाडौँमा हुँदै "


Leave a Reply

Join Our Facebook !!!

More Latest