अहिलेको आवस्यकता कम्प्युटर को बजारमा राम्रा तथा गुणस्तरीय ब्रान्डेड खालका कम्प्युटर आएका छन्। नयाँ डिजाइन तथा सुलभ मूल्यका ल्यापटपका आकांक्षीहरुको संख्या बढेसँगै विश्व बजारमा पछिल्लो समयमा ल्यापटपको डिजाइन तथा प्रविधिमा छलाङ आइरहेको छ । फलतः आफ्नो आवश्यकता तथा क्रय क्षमता अनुसारको ल्यापटपको खोजी तथा खरीदको विषय चुनौतिपूर्ण काम हो । बजेट, काम तथा रुचीबीच सन्तुलन मिलाएर ल्यापटप खरीद गर्दा निम्न कुरामा ध्यान दिनु पर्छ :
१.टचस्क्रिन : यदि तपाइँ ग्याजेट प्रेमी हुनुहुन्छ भने तपाइँको रोजाइमा स्क्रिनटच ल्यापटप पर्नेछ । टचस्क्रिन ल्यापटपको खोजीमा हुनुहुन्छ भने तपाइँले विन्डोज ८ इन्टरफेस खरीद गर्नु उपयुक्त हुन्छ । टचस्क्रिन ल्यापटपका धेरै फाइदा छन् । वेब पेज, स्टार्ट एप्स, इमेज ब्राउजिङका लागि लामो डकुमेन्टहरु हेर्नका लागि टचस्क्रिनवाला ल्यापटप निकै उपयोगी हुन्छ । यो ल्यापटपलाई परम्परागत किबोर्ड मोडमा समेत प्रयोग गर्न सकिन्छ ।
२.तौल तथा डिजाइन : यदि तपाइँलाई धेरै यात्रा गरिरहनु पर्छ भने तपाइँका लागि कम तौलको ल्यापटप उपयोगी हुन्छ । त्यसका लागि तपाइँले १२/१३ इन्चको ल्यापटप खरीद गर्नु उपयुक्त हुन्छ । यदि घर वा अफिसमा समेत प्रयोग गरिरहनु पर्ने भए १४ इन्च माथिको ल्यापटप ठिक्क हुन्छ जसलाई बेला बेलामा बाहिर निस्किँदा पनि बोकेर हिँड्न सकियोस् । यदि तपाइँ गेमर वा फोटो तथा भिडियो इडिटरको काम गर्नुहुन्छ भने तपाइँलाई उच्च क्षमतायुक्त तथा ठूलो स्त्रिmनवाला ल्यापटप उपयुक्त हुन्छ । तपाइँले यदि सधै आफैसँग ल्यापटप लिई हिँडिरहनुपर्छ भने प्लास्टिकको बडी नभै मेटालिक बडीवाला ल्यापटप खरीद गर्नु राम्रो हुन्छ जो बढि खपाउ हुन्छ ।
३.स्टोरेज क्यापासिटी : ल्यापटप खरीद गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यसको संचय क्षमता हो । आफ्नो प्रयोजन हेरि स्टोरेज क्षमताको ख्याल गर्दै सोही क्षमतायुक्त ल्यापट खरीद गर्नु पर्छ । आजकल फ्लास स्टोरेजयुक्त ल्यापटप समेत आएका छन् । जुन केही महंगो भएपनि डाटा नष्ट हुने खतरा कम हुने र फ्लास ड्राइभयुक्त ल्यापटप हलुका र उच्च गतियुक्त समेत हुन्छन् ।
४.अपरेटिङ सिस्टम : ल्यापटप खरीद गर्दा ध्यान दिनुपर्ने अर्को विषय भनेको यसको अपरेटिङ सिस्टम हो । आफुलाई सजिलो हुने र ल्यापटपले सपोर्ट गर्ने अपरेटिङ सिस्टम इन्स्टल गर्नुहोस् । ल्यापटप किन्दा पि्रलोडेड अपरेटिङ सिस्टम लिनुपर्छ । अन्य सफ्टवेयरजस्तै आफै अपरेटिङ सिस्टम इन्स्टल गर्नेगरी ल्यापटप किन्नुभयो भने त्यो झण्झटिलो हुन्छ ।

५. र्याम (RAM ): कम्प्युटर किन्दा जति सक्दो बढी (RAM – Random Access Memory) भएको लिनु पर्दछ जसले गर्दा तपाइको कम्प्युटर सजिलो छिटो चल्न र तपाइको कम्प्युटर ह्याङ्ग हुने सम्भावना कम हुन्छ ।
६.आकार : तपाइँको कामको प्रकृतिको आधारमा ल्यापटपको आकार तय गर्नुपर्छ । यदि घर वा अफिसको प्रयोजनका लागि हो भने ठूलो स्त्रिmनवाला ल्यापटप खरीद गर्नु राम्रो हुन्छ । कामकाजी ल्यापटप अलि ठूलो स्त्रिmनको भयो भने त्यसले काममा सहजता ल्याउनुका साथै आँखाको लागि पनि राम्रो हुन्छ । तर विभिन्न खाले शिक्षण तथा सम्मेलन लगायतमा प्रस्तुतीकरणका लागि चाहिएको हो भने सानो स्क्रिनको हलुका ल्यापटप भए पनि सहज हुन्छ ।
७.फिचर्स : कुनैपनि उच्चस्तरीय ल्यापटपमा मल्टीकोर प्रोसेसर आवश्यक पर्छ । इन्टेल र एएमडीको प्रोसेसर उत्तम हुन्छ । मल्टीकोर प्रोसेसर भएको ल्यापटपको स्पीड राम्रो हुन्छ ।
८.सक्कलीमा ध्यान दिनुहोस् : पुनः प्रमाणिकरण गरेका वा पुनः मर्मत गरेर चम्काइएका ल्यापटप नकिन्नुहोस् । ल्यापटप किन्दा खुद्रा पसलबाट होइन की आधिकारिक डिलरबाट ब्राण्डेड सामान किन्नुहोस् । यसरी किन्दा टिकाउ तथा सक्कली सामान पाउनुका साथै बिक्रि पछिको सेवा पनि सुनिश्चित हुन्छ ।

No comments for: "ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरा जानिराख्नोस्"
Leave a Reply