२१ जेठ,
जावलाखेलस्थित सदर चिडियाखानामा दर्शकहरूले आजदेखि रातो पाण्डाको अवलोकन गर्न पाएका छन् । उहाँका अनुसार विसं २०६९ चैतमा सो पाण्डा चिडियाखाना ल्याइएको भएपनि बिरामी भएको र पाण्डाका लागि उपयुक्त खोर नभएकाले सबै व्यवस्था मिलाई आजदेखि सबैका लागि खुला गरिएको हो । ज्ञवालीका अनुसार विसं २०४५ देखि अहिलेसम्म सदर चिडियाखानामा पाण्डा राख्न सकिएको थिएन ।
उक्त जनावर यही जेठको पहिलो सातादेखि सर्वसाधारणलाई देखाइने भनिएपनि खोर निर्माणमा ढिला भएकाले देखाउन नसकिएको हो ।
हिमाली भेगमा पाइने पाण्डाको सरदर उमेर १० देखि ११ वर्ष हुने गर्दछ । पाण्डाका लागि वातानुकूलित संयन्त्र (एयर कन्डिसन) जडान गरिएको खोर बनाइएको छ । रामेछापबाट ल्याइएको करिब ६ वर्षको वयस्क पोथी पाण्डा सदर चिडियाखानामा सर्वसाधारणका लागि हेर्न खुला गरिएकोे चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले बताउनुभयो ।

No comments for: "छब्बिस वर्षपछि चिडियाखानामा ‘रातो पाण्डा’"
Leave a Reply