अफगान सीमामा भएको आक्रमणमा चार पाकिस्तानी सैनिकको मृत्यु


२१ जेठ ,
 पाकिस्तानको बजौर आदिवासी क्षेत्रको मनोजनगल तथा मुखा टप्समा शुक्रबार बिहान सीमापारी अफगान क्षेत्रबाट लडाकूहरूले प्रहार गरेको गोलीबाट चार सैनिकको मृत्यु हुनाका साथै तीन अन्य घाइते भएको जानकारी अधिकारीहरूले दिएका छन् ।  तेहरिक–ए–तालिवान पाकिस्तान (टीटीपी)का वर्तमान नेता मौलाना फजलुल्लाह हाल बजौर नजिकै कुनारमा लुकेर रहेको विश्वास गरिएको छ ।

टीटीपीले सन् २००७ मा सरकारविरुद्ध विद्रोह आरम्भ गरेको थियो । एक वरिष्ठ सुरक्षा अधिकारीले सीमापारीबाट आएका आतङ्ककारीहरूले मनोजनगल तथा मुखा टप्सको सीमा चौकीमा गोली प्रहार गरेको जानकारी दिए ।

यी अधिकारीले चार व्यक्तिको मृत्यु भएको तथा चार अन्य घाइते भएको उल्लेख गरे । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी इस्लामाबादले यस्तो आक्रमणको भत्र्सना गर्ने जानकारी दिएको छ । विदेश मन्त्रालयले यस विषयमा इस्लामाबादमा रहेको दूतावासमार्फत काबुलमा अफगान सरकारसमक्ष प्रश्न गरिएको उल्लेख गरेको छ । एएफपी

No comments for: "अफगान सीमामा भएको आक्रमणमा चार पाकिस्तानी सैनिकको मृत्यु "


Leave a Reply

Join Our Facebook !!!

More Latest