२१ जेठ,
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल आगामी असारको पहिलो हप्ताभित्र गर्नेगरी तयारी गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार असारको पहिलो हप्ताभित्रमा परीक्षाफल प्रकाशन गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले काम तीब्ररुपमा अघि बढाइरहेको छ ।
यस वर्षको एसएलसी परीक्षामा जम्मा पाँच लाख ६६ हजार ८५ जना परीक्षार्थी सहभागी भएकामा नियमिततर्फ चार लाख १९ हजार ३५२ जना र एक्जाम्टेडतर्फ एक लाख ४६ हजार ७३३ जना सहभागी भएका थिए ।
परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन यस वर्ष कार्यालयले ३५ बुँदे आचारसंहितासमेत जारी गरेको थियो ।
परीक्षालाई मर्यादित तथा व्यवस्थित बनाउन यस वर्ष कार्यालयले ३५ बुँदे आचारसंहितासमेत जारी गरेको थियो ।
No comments for: "एसएलसीको नतिजा असारको पहिलो हप्ता"
Leave a Reply