२१ जेठ ,
प्रधानमन्त्री सुशील कोइराला दोस्रो चाइना साउथ एसिया एक्सपोजिसन र २२औँ चाइना कुन्मिन इम्पोर्ट एक्सपोर्ट कमोडिटिज फेयरमा भाग लिन भोलि चीनको सहर कुन्मिन जानुहुने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री कोइरालाको चीन भ्रमणबारेमा गरेको निर्णयको जानकारी गराउनु हुँदै सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले भन्नुभयो, “प्रधानमन्त्री कोइरालाको चीन भ्रमण दलमा विभिन्न दलका सांसदहरू पनि रहनु हुनेछ ।”
बैठकले सरकारले निजामती सेवा ऐन, २०४९ को संशोधन गर्न बनेको विधेयक स्वीकृत गरी ऐनका रुपमा पारित गर्न व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कोइरालाको निमन्त्रणामा नेपाल आउन लाग्नुभएकी म्यानमारका विपक्षी दलकी नेतृ आङ्साङ सुकीलाई राज्यको अतिथिका रुपमा सम्मान दिने निर्णय गरेको छ ।
सरकारले गतवर्षको भदौ २ गते महाकाली नदीमा आएको बाढीबाट दार्चुलाको सदरमुकाममा घरजग्गाको पूर्ण क्षति भई विस्थापित भएका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि केही रकम आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । बैठकले नेपाल टेलिभिजनको सञ्चालक समितिका अध्यक्ष सीताराम अग्रवालले दिएको राजीनामा स्वीकृत गर्नुका साथै तत्कालीन राजारानीको नाममा रहेको नुवाकोटको १७२ रोपनी र धादिङको १५०१ रोपनी जग्गा नेपाल ट्रष्टको कार्यालयका नाममा दर्ता गर्न स्वीकृत दिएको छ ।
यसैगरी सरकारले डेनमार्क, चीन र एसियाली विकास बैंकले नेपाललाई गर्ने आर्थिक सहयोगमा हस्ताक्षर गर्नका लागि सम्बन्धित निकायलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता रिजालले बताउनुभयो ।

No comments for: "प्रधानमन्त्री कोइराला भोलि चीन जानुहुने"
Leave a Reply