२१ जेठ,
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरनगर आज बिहानैदेखि बन्दका कारण सुनसान देखिएको छ । जलेश्वर उद्योग वाणिज्य सङ्घले प्रहरीले व्यापारी माथि ज्यादती गरेको आरोप लगाउदै आह्वान गरेको आमहडतालले बिहानैदेखि सुनसान देखिएको हो ।
सङ्घको आमहडताल आह्वानले जलेश्वर नगरभित्रका सबै विद्यालय, व्यापारिक प्रतिष्ठान, खुद्रा पसल र यातायात पूर्णरुपले बन्द भएका छन् । बजार र सडकमा सर्वसाधारणको चहलपहल शून्य देखिए पनि उद्यमी व्यापारी भने नगरका चोकचोकमा प्रहरीविरुद्ध नाराबाजी गरिरहेका देखिन्छन् । यता यातायात र बजार बन्द हुँदा सर्वसाधारण यात्री र उपभोक्ता भने मर्कामा परेका छन् ।
प्रहरीले नेपाल भारतबीच आयातनिर्यात गरिने व्यापारिक प्रयोजनका वस्तु अनावश्यक रुपले नियन्त्रणमा लिएर व्यापारीलाई दुःख दिने गरेको, मिथिला क्षेत्रमा विवाह र अन्य धार्मिक समारोहमा बजाइने साउन्ड सिस्टमको बाजा नियन्त्रणमा लिएर धार्मिक भावनामा ठेस पु¥याएको र उद्यमी व्यापारीका समस्याबारे अवगत गराउँदा पनि असहयोग गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रनु परेको सङ्घले जनाएको छ ।
प्रहरी बारेका गुनासो जिल्ला प्रशासनमा सुनाउँदा पनि कुनै सुनवाइ नभएको सङ्घका अध्यक्ष कृपाशङ्खर साहले बताउनुभयो । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने जिल्ला प्रशासन कार्यालय र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको आदेसअनुसार चर्को स्वरमा बजाइएका डिजे बाजा नियन्त्रणमा लिएको स्वीकार गर्दै मन्त्रालयको निर्देशनअनुसार नै सोबारे कारबाही गर्ने बताएको छ ।
उद्यमी व्यापारीका अन्य समस्या आपसी छलफलबाट कानुनको परिधिमा रही समाधान गर्न आफू तत्पर रहेको बराबर उद्यमीलाई बताइएको जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताउनुभयो ।

No comments for: "जलेश्वर बन्द"
Leave a Reply