२० जेठ,
दक्षिण कोरियाको इन्चोनमा हुने १७ औँ एसियाली खेलकुद प्रतियोगिताका लागि बक्सिङ खेलाडी छनोट प्रतियोगिताअन्तर्गतको महिलातर्फ ५१ केजी तौल समूहमा नेपाल आर्मी क्लबकी मीनु गुरुङ आज पहिलो भएकी छिन् । राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनल खेलमा मीनुले सशस्त्र प्रहरी बल (एपिएफ)की माला राईलाई पराजित गर्दै पहिलो स्थान हासिल गरेकी हुन् ।
नेपाल बक्सिङ सङ्घद्वारा आयोजित महिलातर्फ दुई तौल समूह समावेश छनोट प्रतियोगिताको ६० केजीमा एपिएफकी सरस्वती रानामगर पहिलो भएकी थिइन् ।यस्तै, पुरुष ४९ केजीमा एपिएफका विक्रम परियार शीर्ष स्थानमा रहे । विक्रमले फाइनल खेलमा आर्मीका रेशमबहादुर शाहीलाई हराउँदै शीर्ष स्थान हासिल गरे ।
छपन्न केजी फाइनलमा एपिएफका पुरन राईले आर्मीका नरेश देवानलाई हराउँदै पहिलो भए भने ६० केजीमा एपिएफका पूर्णबहादुर लामाले नेपाल प्रहरी क्लबका सुमन लामालाई पाखा लगाउँदै पहिला भए ।
यसैगरी पुरुषको ६९ केजीमा आर्मीका दीपेश लामाले एपिएफका विकास लामालाई पराजित गर्दै पहिलो भए । पचहत्तर केजीमा आर्मीका उजरसिंह थापाले मध्यमाञ्चलका सोभित खत्रीलाई हराउँदै शीर्ष स्थानमा रहे । एकासी केजीमा १६ औँ एसियाली खेलकुद प्रतियोगिताका कास्य विजेता मध्यमाञ्चलका दीपक महर्जन, ५२ केजीमा आर्मीका प्रेमकुमार चौधरी तथा ६४ केजीमा प्रहरीका भूपेन्द्र थापा पहिलो भए ।
तीनदिने छनोटको पुरुषमा ३७ तथा महिलामा पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

No comments for: "नेपाल आर्मीकी मीनु गुरुङ पहिलो"
Leave a Reply