२० जेठ,
यार्सागुम्बुको विषयमा विवाद हुँदा आज साँझ धो गाविसमा अनुगमन टोली र स्थानीयवासीबीच झडप भएको छ । सो झडपमा परी चार जना सुरक्षाकर्मी, अनुगमन टोलीका एकजना र केही स्थानीय व्यक्ति घाइते भएका छन् । प्रहरीले अनुगमन टोलीमाथि आक्रमण गर्न आउने पाँच जना स्थानीयवासीलाई नियन्त्रणमा लिएको छ । त्यहाँ अहिले पनि झडप भइरहेको बताइएको छ ।
ढुङ्गामुढा गर्ने स्थानीयवासीलाई सुरक्षा निकायले नियन्त्रण गर्न खोज्दा नियन्त्रण नभएपछि पाँच राउण्ड अश्रुग्यास र १०० राउण्डभन्दा बढी हवाइ फायर गरिएको थियो । यार्सागुम्बा सङकलनको अनुगमन गर्न तीन दिनअघि सदरमुकाम दुनैबाट धो गाविसमा सरकारी अनुगमन टोली र सुरक्षाकर्मी त्यसतर्फ गएको थियो ।
आज बिहान धो तराप समाज र मध्यवर्ती क्षेत्र उपभोक्ता समिति सुरक्षा निकायको सहमतिमा तक्सी तलाङ र धो क्षेत्रको यार्सागुम्बा पाउने पाटनहरूमा सबैले समान रुपमा यार्सा टिप्न पाउने सहमति भएको थियो । उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै धो ताक्सी र कलाङका स्थानीयवासीले अनुगमन टोली बसिरहेको ज्याम्पा लामाको घरमा अकस्मात ढुङ्गामुढा गरेपछि सो झडप भएको थियो ।
आक्रमणकारीहरूले अनुगमन समितिले लगेको रसिदको ठेली र सङ्कलन भएको रकम खोस्न खोज्दा सो झडप भएको प्रहरीले जनाएको छ । झडपमा अनुगमनमा गएका मानव हमाल र घरधनी ज्याम्पा लामा गम्भीर घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
गत वर्ष स्थानीयले मात्र यार्सा टिप्न पाउने व्यवस्था भएकामा अहिले बाहिरका मान्छेले पनि टिप्ने व्यवस्था गर्न खोज्दा सो झडप भएको हो ।

No comments for: "अनुगमन टोली र स्थानीयवासीबीच झडप, अश्रुग्यास र हवाइफायर"
Leave a Reply