व्यवस्थापिका संसद् अवरुद्ध


  २० जेठ,
 व्यवस्थापिका–संसद्मा आज बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले जनताको करबाट सङ्कलन भएको पैसा सरकारले रकमान्तर गरेकामा आपत्ति जनाउनुभयो । उहाँले अर्थमन्त्री डा. रामशरण महतको निर्वाचन क्षेत्रमा मात्र ४९ वटा कार्यक्रमका रु एक करोड ५४ लाख रकमान्तर भएको आरोप लगाउँदै कनिका छरेजस्तो पैसा छर्न कसले सरकारलाई स्वीकृति दियो भन्ने प्रश्न गर्नुभयो ।

सांसद कर्णले प्रधानमन्त्री सुशील कोइरालाले अवरुद्ध संसद् सुचारु गर्न वार्ता गर्न किन फुर्सद निकाल्नुभएन ? भन्ने प्रश्न गर्दै प्रतिपक्षी दलहरूले एकातिरका कार्यक्रममा विनियोजन बजेट अन्यत्र खर्च गर्न रोकिनुप¥यो मात्र भनेको हुन्, बजेटमा अनियमितता रोकिनुप¥यो मात्र भनेका हुन् भन्नुभयो । सरकारले चारबुँदे सहमति पालन नगरेको र संसदमा प्रतिपक्षी दललाई विश्वासमा लिन नसकेको उहाँले बताउनुभयो ।
सांसद कर्णले आफ्नो भनाइ राखिरहँदा अर्थमन्त्री डा. महतले आफ्नो आशनबाट उठी नियमापत्ति जनाउनुभएको थियो । यसपछि सभामुख सुवास नेम्वाङले सांसद कर्णलाई नै आफ्नो भनाइ निरन्तर राख्न समय दिनुभएको थियो । सांसद कर्णले सरकारले रकमान्तरका विषयमा जवाफ नदिएसम्म संसद् सुचारु नुहने भनाइ राखेपछि प्रतिपक्षी दलका सबै सांसद आ–आफ्ना आशनबाट उठेर विरोध जनाउनुभएको थियो ।

सोही समयमा अर्थमन्त्री डा. महतले पनि बोल्न समय माग्दै आफ्नो आशनबाट उठ्नुभएको थियो । यसपछि सभामुख नेम्वाङले सरकारले बोल्न चाहेका खण्डमा समय दिनुपर्छ तर प्रतिपक्षी दलका सांसदहरू आशनबाट उठिरहनुभएकाले यसलाई संसद अवरुद्ध मानिन्छ भन्दै अर्थमन्त्री डा महतलाई समय दिनुभएन ।
व्यवस्थापिका–संसदको अर्काे बैठक भोलि अपराह्न ५ बजे बस्नेछ । व्यवस्थापिका–संसद्को आजको दैनिक कार्यसूची अनुसार अर्थमन्त्रीले आव २०७१÷७२ को विनियोजन विधेककका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्न प्रस्ताव गर्ने कार्यक्रम थियो ।

No comments for: "व्यवस्थापिका संसद् अवरुद्ध"


Leave a Reply

Join Our Facebook !!!

More Latest