२० जेठ,
दाङको राजपुर ९ बनकट्टीका अग्नी पीडितहरुलाई आज ६० हजार बराबरको आर्थिक राहात प्रदान गरीएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाद्धा संञ्चालीत रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जको पहलमा राप्ती एकता समाज कुबेतले त्यहाँ कार्यरत नेपालीहरुबाट संकलन गरेको उक्त रकमलाई आज एक औपचारीक कार्यक्रमको आयोजना गरी उक्त आर्थिक रकमलाई बितरण गरीएको हो ।
रेडियो हाम्रो पहुँचका बिज्ञापन प्रमुख बसन्त पौडेलको अध्यक्षता एवम् नेपाल पत्रकार महाँसंघ दाङ शाखाका कार्यसमिति सदस्य गोपाल शर्मा भट्टराईको प्रमुख आतिथ्यमा सहयोग रकम बितरण गरिएको हो । सो अबरमा बोल्ने बक्ताहरुले अग्नी पिडीतहरुको समस्या समाधानका लागि बिभिन्न निकायहरु संग पहल गर्ने बताएका थिए । भने पीडितहरुले आफुहरुलाई बस्ने बासको निकै समस्या रहेकोले बासको ब्यवस्था गर्न सरकार संग माग गरेका छन् ।

राहात ब्यवस्थापन समितिका सचिव रामलाल कुमाल,अग्नी पीडित हुमबहादुर नेपाली पत्रकार पुरुषोत्तम अधिकारी,अमरराज आचार्य लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीवन नेपालले गर्नु भएको थियो ।
बैशाख २५ गते स्थानिय बिरबहादुर सुनारको घरमा बिद्युत तार सर्ट भएर आगलागि हुदा वनकट्टीका करिब ७० घरगोठ जलेर नष्ट भएका थिए । अहिले ४० घरका २ सय बढि अग्नि पीडितहरु त्रिपाल टाँगेर बसेका छन् । भने उनिहरुले अहिले आफ्नो घर निर्मामाणमा जुटेका छन् । पुनःबासको लागि ढिलाई हुदा करिब एक महिना देखी अग्नि पिडितहरु त्रिपालको टहरामा दिन गुजारी रहेका छन् । स्थानिय भयरथान सामुदायिक वनबाट घर निर्माणका लागि आबश्यक काठहरु संकलन गरेको र टिन खरिदको पनि तयारी भएको छ ।
No comments for: "राजपुर ९ वनकट्टीका अग्नि पिडितलाई राहात प्रदान"
Leave a Reply