भन्सार छलेर लुकाइछिपाइ चीनको खासातर्फ लैजान लागेका दुई किलो २५० ग्राम यार्सागुम्बासहित सिन्धुपाल्चोकका पाँच जनालाई लार्चास्थित सीमा प्रहरी कार्यालयले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फुल्पिङकोट–८ का धनजीत तामाङ, सिंहबहादुर तामाङ, वडा नं ९ का जयलाल तामाङ, माङ्खा–५ का मिङ्मार तामाङ र माङ्खा–७ का माइला पाख्रिन रहेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।

काठमाडौँबाट तातोपानीतर्फ गइरहेको बा२ख ८४१९ नम्बरको बसमा नियमित जाँचको क्रममा उनीहरुको साथबाट उक्त परिमाणको यार्सागुम्बा बरामद भएको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ ।
No comments for: "यार्सागुम्बासहित पाँच पक्राउ"
Leave a Reply