२० जेठ,
चालु आर्थिक वर्षमा कैलाली जिल्लाका २२८ पूर्व कमैया परिवारलाई जग्गा खरिद गरी पुनः स्थापित गराइएको छ । प्रत्येक परिवारलाई उनीहरुले रोजेको क्षेत्रमा जग्गा बिक्रेताको रोहवरमा जग्गा खरिद गर्न रु एक लाख ५० हजारका दरले रु तीन करोड ४२ लाख भुक्तानी दिइएको कमैया पुनः स्थापना जिल्ला समितिका सदस्यसचिव एवम् जिल्ला भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले बताउनुभयो ।
यसबाहेक विगतमा पुनः स्थापित भएर पनि सुकुमवासीको अतिक्रमण, नदी कटान डुबान लगायतका कारण जग्गामा बस्न नसकेका थप ३०४ परिवारलाई जग्गाको सट्टा भर्ना गरी पुनः स्थापित गरिएको छ । यस्तै १३२ परिवारलाई सरकारी ऐलानी पर्ती जग्गा खोजेर पुनः स्थापित गराइएको छ ।
जिल्लाको नारायणपुर, टीकापुर, थापापुर, भजनी, अत्तरियालगायत क्षेत्रमा शिविरमा बस्दै आएका पूर्वकमैयाहरुलाई पुनः स्थापना समितिले पुनः स्थापित गराएको हो । यस क्रममा समितिले प्रत्येक परिवारलाई घर निर्माणका लागि रु १० हजारसमेत उपलब्ध गराउँदै आएको छ ।
समितिले कम्तीमा दुई र बढीमा पाँच कट्ठाका दरले यी मुक्तकमैया परिवारलाई जग्गा उपलब्ध गराउने गरेको छ । अत्तरियाको बजारछेउमा बसेका पूर्व कमैया १८ परिवारले भने पाँच धुरका दरले जग्गा पाएका छन् । अझै पनि सट्टा भर्नासहित जम्मा एक हजार ७९५ मुक्तकमैया परिवारको पुनः स्थापना हुन बाँकी रहेको छ ।
पुनः स्थापित पूर्वकमैयाहरुलाई भूमिसुधार कार्यालयले विभिन्न सीपमूलक र व्यवसायमूलक तालिम सञ्चालनका साथै व्यवसाय गर्न चाहनेलाई सहुलियत ब्याजदरमा ऋण सहयोग प्रदान गर्दै आएको छ । जग्गा पाउन कठिनाइ भएकाले मुक्तकमैया पुनः स्थापना कार्यमा ढिलाइ भइरहेको कठायतले बताउनुभयो ।
कैलालीमा जम्मा आठ हजार ९१० कमैया परिवारको पहिचान भई पुनः स्थापना गर्ने प्रयोजनका लागि परिचयपत्र दिइएकामा जग्गाको सट्टा भर्ना गरी पुनः स्थापित गर्नुपर्ने परिवारबाहेक हालसम्म आठ हजार ३५५ परिवारलाई पुनः स्थापित गराइसकिएको छ ।
सरकारले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा रहेको कमैया प्रथालाई २०५७ साल साउनमा अवैध घोषित गर्दै कमैयाहरुलाई मुक्ति दिएको थियो ।

No comments for: " जग्गा खरिद गरी मुक्तकमैया पुनः स्थापित"
Leave a Reply