२० जेठ ,
म्याग्दीको झीँ–६ का मिर्गौला पीडित धनबहादुर पाइजाले आफ्नो उपचारमा आर्थिक सहयोगको अपिल गरेका छन् । विगत तीन वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत ३२ वर्षीय पाइजाले आफ्नो जीवनरक्षाका लागि सहयोगको याचना गरेका हुन् ।
रोजगारीको सिलसिलामा साउदी अरब पुगेका पुर्जा स्वास्थ्य अवस्था बिग्रँदै गएपछि स्वदेश फर्किएर स्वास्थ्य परीक्षण गराउँदा दुवै मिर्गौलाले काम नगर्ने भएपछि उपचारका लागि पोखरामै बस्दै आएका छन् ।
अहिले पोखराको गण्डकी अस्पतालमा हप्तामा दुईपटक डायलोसिस गर्दै आएका पाइजाको उपचारमा करिब रु आठ लाख खर्च भइसकेको र आर्थिक अवस्था कमजोर भएकाले डायलोसिससमेत गर्न कठिनाइ भइरहेकाले सक्दो आर्थिक सहयोग गरी पाइजाको जीवनरक्षा गर्न उनकी भाउजू यामकुमारी गर्वुजाले आग्रह गर्नुभएको छ ।

No comments for: "मिर्गाैला पीडितद्वारा सहयोगको याचना"
Leave a Reply