वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का


१९ जेठ,
 नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको उपाधि क्रिकेटका पारस खड्का र उत्कृष्ट महिला खेलाडीको उपाधि जुडोकी सुनिता बोहोराले हात पारेका छन् ।

मञ्चद्वारा आज यहाँ आयोजित अवार्ड वितरण कार्यक्रममा २०७० सालमा उत्कृष्ट खेल प्रदर्शन गरेको आधारमा दुवै खेलाडी सो उपाधिका छानिएका हुन् । दुवै खेलाडीले समान चार–चार जना खेलाडीलाई उछिन्दै उपाधि हासिल गरेका हुन् ।  वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको मनोनयनमा समान पाँच–पाँच जना विभिन्न विधाका खेलाडी मनोनयनमा परेका थिए ।

 नेपाली क्रिकेट टिमका कप्तान खड्काले आफ्नो कप्तानीमा नेपाललाई पहिलो पटक विश्वकपसम्म पु¥याए् । उसको नेतृत्वमा बर्मुडामा भएको आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधिसमेत हासिल भएको थियो ।  यस्तै, जुडोकी बोहोराले काठमाडौँमा सम्पन्न दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा  स्वर्ण पदक हात पारेकी थिइन् । उनले ७८ केजीमाथिको तौल समूहमा श्रीलङ्काकी खेलाडी दमयन्तीलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

 यसैगरी, वर्षको लोकप्रिय खेलाडीको उपाधि भलिबलकी सरस्वती चौधरीले हात पारिन् । उनले ७९ दशमलव ४५ प्रतिशत मत ल्याएर सो उपाधि जितेकी हुन् । उक्त उपाधि एसएमएस भोटिङका आधारमा घोषणा गरिएको हो ।  उनले क्रिकेटका पारस खड्का, पौडीकी सोफिया शाह, एथ्लेटिक्समा याम साजन सुनुवार र फुटबलका विमल घर्तीमगरलाई पछि पार्दै सो उपाधि हात पारेकी हुन् । चौधरी भलिबल खेलमा सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा परिचित छिन् । 

यस्तै, वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड फुटवलका विमल घर्ती मगरले प्राप्त गरे । १६ वर्षको कलिलो उमेरमै राष्ट्रिय टिमबाट डेब्यु गरेका विमल गतवर्ष काठमाडौँमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्वको खेलमा एक गोल गर्दै नेपाललाई सेमिफाइनलमा पु¥याउन सफल भएका थिए ।
वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदु दासानायकेले प्राप्त गरे । उनको प्रशिक्षणमा नेपाल पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकपमा पुगेको थियो ।

स्पेसल अवार्डको उपाधि क्रिकेटका शरद भेषावकर, लाइफ टाइम एचिभमेन्ट अवार्ड धावक बैकुण्ठ मानन्धर र पाराएथ्लिट अवार्ड तेक्वान्दोका यादव कुँवरले पाए । यसैगरी, वर्षको उत्कृष्ट टिमको उपाधि नेपाली क्रिकेट टिमले प्राप्त ग¥यो । वर्षको उत्कृष्ट पुरुष, उत्कृष्ट महिला र वर्षको लोकप्रिय खेलाडीले ट्रफीका साथै एक–एक थान मोटरसाइकल प्राप्त गरे भने अन्य विधाका खेलाडीले ट्रफीका साथै समान रु ५० हजार प्राप्त गरे ।

पुरस्कृत हुनेहरूलाई युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव चुडामणि पौडेल, अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापालगायतले खादा लगाई सम्मान गर्नुभएको थियो ।

No comments for: "वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का "


Leave a Reply

Join Our Facebook !!!

More Latest