१९ जेठ,
सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामालाई हटाउने कारबाही आगामी सोमबारसम्म अघि नबढाउन र यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश गोपाल पराजुलीको एकल इजलाशले आउँदो सोमबार अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा रिट निवेदक तथा सरकार दुवैपक्षलाई छलफलमा उपस्थित हुन पनि आदेश दिएको छ ।
यही जेठ २ गते मन्त्रिपरिषद्को निर्णयअनुसार सदस्य–सचिव लामालाई सो पदबाट हटाइएपछि आफूलाई गैरकानुनी तवरले पदबाट हटाइएको भन्दै उहाँ सो निर्णय तत्काल कार्यान्वयन नगर्न÷नगराउन अदालत पुग्नुभएको थियो । रासस
No comments for: "खेलकुद परिषद् सदस्यसचिव लामाको रिटमा अन्तरिम आदेश"
Leave a Reply